ल्यारक्याल लामालाई मातृ शोक
सारांश
- काठमाडौं, माघ ६ ।
- पूर्व सांसद तथा बौद्ध धर्म गुरु ल्यारक्याल लामालाई मातृ शोक परेको छ ।
- नेकपा माओवादी केद्रका पूर्व सांसद समेत रहेका लामाकी आमा नोर्पु रानी लामाको ९० वर्षको उमेरमा बुधबार राती १ वजे बौद्धस्थित आफ्नै निवासमा निधन भएको हो ।
काठमाडौं, माघ ६ । पूर्व सांसद तथा बौद्ध धर्म गुरु ल्यारक्याल लामालाई मातृ शोक परेको छ ।
नेकपा माओवादी केद्रका पूर्व सांसद समेत रहेका लामाकी आमा नोर्पु रानी लामाको ९० वर्षको उमेरमा बुधबार राती १ वजे बौद्धस्थित आफ्नै निवासमा निधन भएको हो । नोर्पुको पार्थिव शरिर श्रद्धान्जलीका लागि आफ्नै निवासमा राखिएको छ ।
नको पार्थिव शरिरलाई श्रद्धान्जली दिनका लागि पूर्व सभामुख ओनसरी घर्ती, माओवादी नेता वर्षमान पुन, अग्नी सापकोटा लगायत घरमै पुगेका थिए । उनीहरुले दिवंगत आत्माको चिरशान्तीको कामना गरेका थिए ।
नोर्पूको पार्थिव शरिरलाई श्रद्धान्जलीका लागि केही दिन घरमै राखिने र आउँदो सोमबार बिहान ९ वजे कालीमाटीस्थित टेकु घाटमा बौद्ध धर्म र परम्परा अनुसार अत्येष्टी गरिने छ । नोर्पु १० सन्तानकी आमा थिईन् ।
बौद्धस्थित आफ्नै पुख्र्यौली घरमा बस्दै आएकी नोर्पु केही दिनदेखि सामान्य बिरामी थिइन् ।
प्रतिक्रिया