कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
सारांश
- काठमाडौं १३ मंसिर ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक विहिबार बस्दैछ ।
- बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बोलाईएको छ ।
काठमाडौं १३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक विहिबार बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बोलाईएको छ ।
बैठक पार्टीको विधान मस्यौदा माथीको छलफलमा केन्द्रित हुने नेता मिनबहादुर विश्वकर्माले क्यापिटल समाचारलाई जानकारी दिए । बैठकमा राजनितिक र आर्थिक प्रतिवेदन पेश गर्ने तयारी भएको छ ।
यस्तै देशको समसामयीक राजनीति र प्रतिपक्षले खेल्ने भूमिकाबारे समेत नेताहरुबीच छलफल हुुने उनले बताए । महासमिति बैठकको तयारीमा रहेको कांग्रेसले सातओटै प्रदेशबाट विधान मस्यौदाबारे सुझाव संकलन गरिसकेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया