हिमपात नहुँदा खेतमै सुक्न थाल्यो हिउँदेबाली

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
३४ पटक हेरिएको
Shares
हिमपात नहुँदा खेतमै सुक्न थाल्यो हिउँदेबाली

सारांश

  • जुम्ला, ६ माघ ।
  • माघ पहिलो सातासम्म हिमपात नहुँदा कर्णालीवासीको गरा तथा खेतमै हिउँदेबाली सुक्न थालेको छ ।
  • हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका छन् ।

जुम्ला, ६ माघ । माघ पहिलो सातासम्म हिमपात नहुँदा कर्णालीवासीको गरा तथा खेतमै हिउँदेबाली सुक्न थालेको छ ।

हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका छन् । जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर तुषारोले बाली खाएको छ । खडेरीका कारण केही किसानले खेतगरा नै बाँझो राखेका छन् । लगाएको बाली नउम्रने र उम्रे पनि मरेर जाने भएकोले अन्न खेर नफाल्न गरा बाँझो राखेको तिला गाउँपालिका–४ जुम्लाकी स्थानीय महिला रत्नसरा कामीले बताउनुभयो ।

“यो वर्षको खडेरीबाट फेरि पनि दुःखका दिन शुरु हुने भए । भोकमरीको समस्या बढ्ने भयो,” चिन्ता व्यक्त गर्दै कामीले भन्नुभयो । खेतीमा निर्भर हामी जस्ता किसानलाई आकाशले अन्याय गरेको उहाँको दुखेसो थियो । यसले गर्दा आम्दानीको स्रोत नभएका तर तीनदेखि छ महिनासम्म मात्र खान पुग्ने यहाँका ग्रामीणवासीलाई झनै ठूलो समस्या हुने देखिएको छ ।

तिला–३ जुम्ला जोगीवाडा गाउँका स्थानीय किसान नरबहादुर रावतले आकाशे पानीमा निर्भर हुनुले हिमाली क्षेत्रका नागरिकले वर्ष बिराएर भोकमारीको समस्या भोग्नुपरेको दुखेसो गर्नुभयो ।
जाडोमा पानी पर्नुको साटो कालो तुषारोले ढाकिरहेको छ । यसले प्रकाश संश्लेषण प्रक्रियामा असर पु¥याउँदा स्याउ उत्पादनमा क्षति पुग्ने हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख एपी चौरासियाले बताउनुभयो ।

मानव गतिविधिका कारण जलवायु र मौसममा परिवर्तन भएकाले यसले पछिल्लो समयमा हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नै प्रभाव पारेको उहाँको भनाइ छ ।

यता जिल्ला कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी बालकराम देवकोटाले यो वर्ष हिउँदेबाली उत्पादनमा गिरावट आउने निश्चित भएको बताउनुभयो । “माघसम्म यसरी हिमपात नभएको पहिलो रेकर्ड नै हो । हिमपात नहुनुले जौँ, गहुँ र उवा बालीमा मात्र नभई यसले स्याउ बाली उत्पादनमा ह्रास आउने देखिन्छ,” सूचना अधिकारी देवकोटाले भन्नुभयो ।

उहाँका अनुसार यहाँको तीन हजार ८०० हेक्टर क्षेत्रफलमा जौँ, दुई हजार १०० हेक्टरमा गहुँ र तीन हजार ३०० हेक्टर जमिनमा स्याउबाली लगाइएको छ । सिञ्चित क्षेत्रको बाली उत्पादनमा आशा भए पनि पाखे जौँ र गहुँबाली नष्ट भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै  ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
आजको मौसमः मुलुकका अधिकांश स्थानमा हुस्सु र तुवाँलो लाग्ने सम्भावना
आजको मौसमः मुलुकका अधिकांश स्थानमा हुस्सु र तुवाँलो लाग्ने सम्भावना
मसूद अजहर राष्ट्रसंघबाट आतंकवादी घोषित
मसूद अजहर राष्ट्रसंघबाट आतंकवादी घोषित
मध्यपहाडी लोकमार्ग खुलाउन तीन हप्ता लाग्ने
मध्यपहाडी लोकमार्ग खुलाउन तीन हप्ता लाग्ने
युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन
युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन
उपनिर्वाचनका लागि पर्यवेक्षक संस्थालाई आह्वान
Here’s how B-town celebs wishes their dads on Father’s Day!
Here’s how B-town celebs wishes their dads on Father’s Day!
उत्साहका साथ हुँदैछ धनुषामा मतदान
उत्साहका साथ हुँदैछ धनुषामा मतदान
सार्वजनिक स्थलमा महिलामाथि ‘विर्य’ फ्याँक्ने पुरुषलाई ६ बर्ष जेल सजाय
सार्वजनिक स्थलमा महिलामाथि ‘विर्य’ फ्याँक्ने पुरुषलाई ६ बर्ष जेल सजाय
नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो
नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

तपाईंले छुटाउनुभयो कि?