उत्साहका साथ हुँदैछ धनुषामा मतदान

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
१९ पटक हेरिएको
Shares
उत्साहका साथ हुँदैछ धनुषामा मतदान

सारांश

  • आश्विन २, २०७४-तेस्रो चरणको निर्वाचनको मतदान आज बिहानैदेखि सुरु छ ।
  • लामबद्ध मतदाताहरु शान्तिपूर्वक मतदान गर्दैछन् ।
  • जनकपुरसहित धनुषाका १ ८वटै स्थानीय तहका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

आश्विन २, २०७४-तेस्रो चरणको निर्वाचनको मतदान आज बिहानैदेखि सुरु छ । लामबद्ध मतदाताहरु शान्तिपूर्वक मतदान गर्दैछन् । जनकपुरसहित धनुषाका १ ८वटै स्थानीय तहका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला निर्वाचन प्रमुख पुष्पाकुमार झाका अनुसार बिहान १० बजेसम्म २० प्रतिशत जति मतदान भइसकेको छ ।

बिहान सातबजेदेखि मतदान सुरु भएको छ । नेपाली कांग्रेसका पूर्व महामन्त्री विमलेन्द्र निधिले आफ्नो पुस्तैनी गाउँ, नगराईन नगरपालिका-२ स्थित राजेश्वर निधि उच्च मावि केन्द्रमा मतदान गरे भन्ने सहरी विकास मन्त्री महेन्द्र यादव लक्ष्मीनिया गाउँपालिका-३ वैनगामास्थित निम्न माध्यमिक मतदान केन्द्रमा मतदान गरेका छन् ।

यसै गरी कृषिविकास मन्त्री रामकृष्ण यादवले औरही गाउँपालिका-३ स्थित कपटौल राष्ट्रिय प्राथमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका छन् ।

केन्द्रिय नीति अनुसार शान्ति सुरक्षाको व्यवस्था मिलाउन नेपाली सेना, सशस्त्र तथा जनपथ प्रहरी परिचालन गरिएको छ ।

प्रहरी उपरीक्षक चक्रबहादुर सिंहका अनुसार प्रत्येक मतदान स्थलमा ३ सयदेखि ३ सय पचाससम्म नेपाल प्रहरी परिचालन गरिएको छ । धनुषामा ३ सय २७ मतदान स्थल तथा ५ सय ३२ मतदान केन्द्र छन् ।

जिल्लास्थित सुरक्षा समितिले जिल्लाका ३ सय २७ मध्ये २ सय २२ मतदान स्थललाई अतिसंवेदनशील तथा १ सय ५ लाई संवेदनशील ठहर गरी यसै हिसावले सुरक्षा बन्दोस्त गरिएको छ ।

यता गत तीन दिनदेखि रक्सीजन्य पदार्थको बिक्री वितरणमाथि रोक लगाइएको छ भने आज बिहानैदेखि अनुमति विनाको सवारी साधनको आवागमनमाथि रोक लगाएको छ ।

धनुषाका ३ लाख ८९ हजार ३ सय ८६ मतदाताका लागि ५ सय ३२ मतदान केन्द्र निर्धारण गरिएको छ । जनकपुर उपमहानगर पालिका-११ नगरपालिका तथा ६ गाउँपालिका गरी जिल्लामा १८ स्थानीय तहका लागिसाढे चार हजार अधिक उम्मेदवार मैदानमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?