प्रदेश ३, ४ र ५ का प्रमुखले गरे पदभार ग्रहण, ७ का प्रमखु अझै पुगेनन्
सारांश
- काठमाडौं, ७ माघ ।
- प्रदेश ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले औपचारिक रूपमा पदभार ग्रहण गरेकी छिन् ।
- आइतबार बिहान प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेकी हुन् ।
काठमाडौं, ७ माघ । प्रदेश ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले औपचारिक रूपमा पदभार ग्रहण गरेकी छिन् । आइतबार बिहान प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेकी हुन् ।
त्यसैगरी ५ नम्बर प्रदेशका प्रमुख उमाकान्त झाले पनि बुटवलमा पदभार ग्रहण गरेका छन् । झाले रूपन्देही व्यापार संघमा स्थापना गरिएको प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणलगत्तै उनले प्रदेशसभाका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेललाई शपथ गराउने र बाँकी प्रदेशसभा सदस्यहरूलाई भने पोखरेलले शपथ गराउने कार्यक्रम छ । प्रदेश ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिक तर्फका ३५ गरी ८७ प्रदेशसभा सदस्य छन् ।
त्यस्तै, प्रदेश नं ४ का प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले श्रेष्ठलाई शपथग्रहण गराएका हुन् । ज्येष्ठ सदस्य श्रेष्ठले आजै प्रदेश नं ४ का प्रदेश सभा सदस्यहरुलाई शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।
प्रदेश नं. ७ का प्रमुख मोहन मल्ल भने कुहिरोका कारण प्लेनमा जान नसकेपछि बसबाट गन्तव्यतर्फ हिडेका छन् । यद्यपि उनी अहिलेसम्म अस्थायी मुकाम धनगढी पुग्न सकेका छैनन् ।
प्रतिक्रिया