बबई, शान्तिनगर र दङ्गीशरण गाउँपालिकामा राजमोको ज्ञापन

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ६, २०७५
|
|
३३ पटक हेरिएको
Shares
बबई, शान्तिनगर र दङ्गीशरण गाउँपालिकामा राजमोको ज्ञापन

सारांश

  • दाङ, ६ असार ।
  • राष्ट्रिय जनमोर्चा दाङले बबई, शान्तिनगर र दङ्गीशरण गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
  • जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

दाङ, ६ असार । राष्ट्रिय जनमोर्चा दाङले बबई, शान्तिनगर र दङ्गीशरण गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

टोलीमा जिल्ला सहसचिव ऋषिराम पौडेल, कोषाध्यक्ष श्यामलाल पोख्रेल, जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारी, जिल्ला सदस्य लिलाबहादुर पुन, तुलबहादुर योगी, देबबहादुर बिक, दयाराम गौतम, जीवराज आचार्यका साथै केन्द्रीय सदस्य कमला जीसीको सहभागिता रहेको थियो । ज्ञापनपत्र बुझ्दै गाउँपालिकाका अध्यक्षहरुले यो ज्ञापनपत्र गाउँपालिकाको लागि मार्गदर्शक हुने कुरा बताउँदै माग सम्बोधनको प्रतिबद्धता व्यक्त गरेका थिए ।

ज्ञापनपत्रमा संघीयता नेपालमा ठिक नभएकोले खारेज गर्नुपर्ने र यसैको नाममा जनताको ढाड सेक्ने गरी गरिएको राजश्व वृद्धिको बिरोध गरिएको छ । भ्रष्टाचार, सरकारी कार्यालयबाट कार्य सम्पादनमा हुने ढिलासुस्ती, अनियमितता, महंगी, विकास निर्माणका काममा भइरहेको ढिलासुस्ती, प्राकृतिक श्रोत साधनमाथिको दोहन, कालोबजारी, मूल्यवृद्धि, राहत र अनुदानमा भएको अनियमितता, सरकारी कार्यालयमा हुने बिचौलिया, न्याय सम्पादनमा भएको अनियमितता आदिको बिरोध गरिएको छ ।

त्यसैगरी कृषि सामग्रीमा सुलभता, राहत र अनुदानमा पारदर्शिताका साथै बीउ, मल, दाना, औषधि लगायतका कृषि सामग्रीमा सहुलियत, सार्वजनिक यातायातलाई सुरक्षित बनाउनुका साथै वैज्ञानिक भाडादर कायम गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा राखिएका छन् । सिमेन्ट उद्योगबाट प्रभावित जनतासित भएका सहमतिको कार्यान्वयन गर्नुपर्ने, भूमिहीन सुकुम्बासीको पहिचान गरी उनीहरुको उचित ब्यबस्थापन गर्नुपर्ने, अशक्त गरिब जनताको निशुल्क बिमाको ब्यबस्था गर्नुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने, पर्यावरण संरक्षण गर्नुपर्ने, जनप्रतिनिधिहरु जनउत्तरदायी हुनुपर्ने, पूर्ण भोल्टेजसहितको विद्युत आपूर्तिको ब्यबस्था मिलाउनु पर्ने, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान तत्काल सञ्चालन गर्नुपर्ने, सेवाग्राहीलाई नयाँ ब्यबस्थाको अनुभूति हुने बताबरण निर्माण गर्नुपर्ने, विद्यार्थीको संख्याका आधारमा शिक्षक ब्यबस्था गरी समान कामको समान ज्यालाको ब्यबस्था गर्नुपर्ने, शुद्ध खानेपानीको ब्यबस्था गर्नु पर्ने माग पनि ज्ञापनपत्रमा समेटिएका छन् । सुलभ स्वास्थ्य सेवाको व्यबस्था गर्नु पर्ने, प्राथमिकताका आधारमा बिकासका योजनाहरु निर्माण गर्नुपर्ने, शान्तिसुरक्षा अमनचयन कायम गर्नुपर्ने लगायतका माग राखिएका छन् ।

पार्टीले जिल्लामा हुने सर्वपक्षीय बैठकहरुमा उपस्थित नगराएकोमा पनि ध्यानाकर्षण गराएको छ । त्यसैगरी भ्रष्टाचार विरोधी अभियान अन्तर्गत गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी लगायतका सरकारी कार्यालयमा “कतै तपाई भ्रष्टाचार गरिरहनु भएको त छैन ? भन्ने होडिङबोड तथा पोस्टरहरु समेत टाँसिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?