बालकोटमा एमाले स्थायी समिति बैठक

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०७४
|
|
२७ पटक हेरिएको
Shares
बालकोटमा एमाले स्थायी समिति बैठक

सारांश

  • काठमाडौँ, माघ ८ ।
  •   नेकपा एमाले स्थायी समितिको बैठक अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बसिरहेको छ।
  • दिउँसो ३ बजेदेखि बसिरहेको यो बैठकले राष्ट्रिय सदस्यका लागि उम्मेदवारहरुको टुंगो लगाउने बताइएको छ।

काठमाडौँ, माघ ८ ।  नेकपा एमाले स्थायी समितिको बैठक अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बसिरहेको छ।

दिउँसो ३ बजेदेखि बसिरहेको यो बैठकले राष्ट्रिय सदस्यका लागि उम्मेदवारहरुको टुंगो लगाउने बताइएको छ। बैठकमा राष्ट्रिय सभा निर्वाचन, माओवादी केन्द्रसँग पार्टी एकता लगायत एजेन्डामा छलफल भइरहेको छ ।

यो बैठकले राष्ट्रिय सभाका लागि प्रदेश कमिटिबाट सिफारिस भएर आएका नामलाई अन्तिम रुप दिने तयारी गरेको छ ।

एमालेले राष्ट्रिय सभाका लागि आफ्नो तर्फबाट २९ जना उठाउने र माओवादीबाट १४ जना उठाउने सहमति गरिसकेको छ । राष्ट्रिय सभाका लागि निर्वाचन आयोगले माघ १० गतेका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?