बालकोटमा एमाले स्थायी समिति बैठक
सारांश
- काठमाडौँ, माघ ८ ।
- नेकपा एमाले स्थायी समितिको बैठक अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बसिरहेको छ।
- दिउँसो ३ बजेदेखि बसिरहेको यो बैठकले राष्ट्रिय सदस्यका लागि उम्मेदवारहरुको टुंगो लगाउने बताइएको छ।
काठमाडौँ, माघ ८ । नेकपा एमाले स्थायी समितिको बैठक अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बसिरहेको छ।
दिउँसो ३ बजेदेखि बसिरहेको यो बैठकले राष्ट्रिय सदस्यका लागि उम्मेदवारहरुको टुंगो लगाउने बताइएको छ। बैठकमा राष्ट्रिय सभा निर्वाचन, माओवादी केन्द्रसँग पार्टी एकता लगायत एजेन्डामा छलफल भइरहेको छ ।
यो बैठकले राष्ट्रिय सभाका लागि प्रदेश कमिटिबाट सिफारिस भएर आएका नामलाई अन्तिम रुप दिने तयारी गरेको छ ।
एमालेले राष्ट्रिय सभाका लागि आफ्नो तर्फबाट २९ जना उठाउने र माओवादीबाट १४ जना उठाउने सहमति गरिसकेको छ । राष्ट्रिय सभाका लागि निर्वाचन आयोगले माघ १० गतेका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया