सलमान खान: सय कराेड क्लबका अनवरत सदस्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ६, २०७५
|
|
२८ पटक हेरिएको
Shares
सलमान खान: सय कराेड क्लबका अनवरत सदस्य

सारांश

  • बलिउड बक्स अफिसका सलमान खान बादशाह हुन् ।
  • यसको उदाहरण उनका पछिल्लो ८ वर्षमा प्रदर्शन भएका १३ सिनेमा हुन्।
  • अर्को शब्दमा भन्नु पर्दा यी सबै सिनेमा सय करोड क्लबका सदस्य हुन् ।

बलिउड बक्स अफिसका सलमान खान बादशाह हुन् । यसको उदाहरण उनका पछिल्लो ८ वर्षमा प्रदर्शन भएका १३ सिनेमा हुन्। अर्को शब्दमा भन्नु पर्दा यी सबै सिनेमा सय करोड क्लबका सदस्य हुन् । जसमा कुनै २ सय र ३ सय करोडमा पनि सामेल छन् ।

सय करोड क्लबको कुरा गर्दा आमिर खान यसका संस्थापक हुन् । भने यो क्लबलाई सलमानले स्थापित गरे । आमिरको ‘गजिनी’ पहिलो पटक सन् २००८ मा यो क्लबमा इन्ट्री गरेको थियो । त्यसयता ६५ बलिउड सिनेमा यसका सदस्य भैसकेका छन् । हुनत अन्य अभिनेताका सिनेमाले पनि सय करोड क्लबको उचाइ नापेपनि उनिहरुका सिनेमाले यस क्लबमा निरन्तरता दिन सकेका छैनन् । सलमान मात्र सय करोड क्लबका एक्ला घोडा हुन्, जसका सिनेमा कहिलेकाहिँ कमजोर कलेक्सनका वावजुत यस क्लबमा इन्ट्री गरेरै छोड्छन् ।

प्रदर्शनरत ‘रेस ३’ले पनि तीन दिनमै सय करोड माथिको कलेक्सन गरेर यो सिरिजको रेस प्रमाणित गरिसकेको छ । हेर्न बाँकी यो सिनेमाले आफुलाई लाइफटाइम कलेक्सनमा कहाँनेर उभ्याउने छ ।
यी मध्ये तीन सिनेमा ३ सय करोड, दुई सिनेमा २ सय करोड र नौं सिनेमा सय करोड क्लबमा समावेश छन् । ‘रेस ३’ को चार दिने कलेक्सन १२०।२४ करोड छ । यसले २ सय करोड सजिलै छुन सक्ने अनुमान छ ।

चर्चा गरौ सय करोड क्लबमा १३ सिनेमाको बारेमा

दबंग

२०१० मा रिलिज यो सिनेमाबाट सलमानले सोनक्षी सिन्हालाई बलिउड डेब्यु गराएका थिए । अभिनव कश्यप निर्देशित सिनेमाले १ सय ४५ करोडको व्यापार गरेको थियो । यसले सय करोड क्लबमा इन्ट्री गर्न जम्मा १० दिन लगाएको थियो । ४२ करोडको बजेटमा निर्मित सिनेमामा विश्व चर्चित ‘मुन्नी बद्नाम’ बोलको गीत पनि समावेश थियो । यहिँ सिनेमाबाट सलमान चुलबुल पाण्डेको नाममा स्थापित भए ।रेडी

अनिश बज्मी निर्देशित सिनेमा २०११ मा रिलिज भएको थियो । सिनेमामा सलमानले असिन ठोट्टुमकलसँग जोडी बाँधेका थिए । पारिवारिक कथामा निर्मित सिनेमामा एक्सन दृश्य पनि भरपुर प्रयोग गरिएका थिए । भारतीय बक्सअफिसमा १ सय २० करोडको व्यापार गरेको सिनेमाले १२ दिनमा सय करोडको माइलस्टोन पार गरेको थियो । ४० करोडको बजेटमा निर्मित सिनेमाको ‘ढीन्का चीका’ बोलको गीत अहिले पनि चर्चित छ ।

बडीगार्ड

२०११ मै रिलिज भएको सिनेमामा सलमानको अपोजिट करीना कपूर थिइन् । १ सय ४२ करोड कमाएको सिनेमा जम्मा ८ दिनमै सय करोड क्लबको सदस्य बनेको थियो । सिद्दिकी निर्देशित सिनेमा ६० करोडमा निर्माण भएको थियो ।

एक था टाइगर

२०१२ मा रिलिज भएको ‘एक था टाइगर’ले पहिलो दिन ३० करोड माथिको कलेक्सन गर्दै रेकर्ड राखेको थियो । यो सिनेमाले ६ दिनमै सय करोड कमाउदै लाइफटाइम कलेक्सन १ सय ९८ करोड पुर्याएको थियो । ७५ करोडको बजेटमा निर्मित सिनेमालाई कबिर खानले निर्देशन गरेका थिए ।

दबंग २

२०१२ मै मै रिलिज सिनेमाले पनि सय करोड माथिको व्यापार गर्न सफल भयो । यो सिनेमामा सोनाक्षी पुन: सलमानसँग दोहोरिएकी थिइन् । ६ दिनमै सय करोड माथि कमाएपनि पनि सिनेमाको लाइफटाइम कलेक्सन १ सय ५९ करोड मात्र पुग्यो । अरबाज खान निर्देशित सिनेमा ८० करोडको बजेटमा निर्माण भएको थियो ।

जय हो

‘दबंग २’ रिलिज भएको दुई वर्ष पछी ‘जय हो’ प्रदर्शनमा आयो । तर, सिनेमाले बक्सअफिसमा आशासित व्यापार गर्न सकेन । यो सिनेमामा सलमानले डेजी शाहलाई डेब्यु गराएका थिए । १ सय १० करोडको बजेटमा निर्मित सिनेमाले जम्मा १ सय ११ करोड मात्र कमाउन सक्यो । सोहिल खान निर्देशित सिनेमाले १० दिनमै सय करोड क्लबमा इन्ट्री मारेको थियो ।

किक

‘जय हो’ले आशासित व्यापार नगरेपनि ‘किक’ले भने सलमानको यो वर्ष निरास बनाएन । जम्मा ५ दिनमै सय करोड क्लबमा इन्ट्री गर्दै ‘किक’ सलमानको २ सय करोड कमाउने पहिलो सिनेमा बन्यो । यसले लाइफटाइम २ सय ३३ करोड बढीको व्यापार गर्यो । साजिद नाडियडवाला निर्देशित सिनेमा १ सय ४० करोडको बजेटमा निर्माण भएको थियो ।

बजरंगी भाइजान

२०१५ मा रिलिज भएको यो ‘बजरंगी भाइजान’ सलमानको करियरकै ३ सय करोड कमाउने पहिलो सिनेमा थियो । यसले भारतीय बक्सअफिसमा ३ सय २० करोड माथि कमाएको छ । यसको रेकर्ड २०१७ मा रिलिज  ‘टाइगर जिन्दा हे’ले तोडेको थियो । कबिर खान निर्देशित सिनेमाले ३ दिनमै सय करोड कमाएको थियो । ९० करोडको बजेटमा निर्मित सिनेमालाई समिक्षकले पनि उकृष्ट ठहराएका थिए ।

प्रेम रतन धन पायो

यो सलमानको करियरमा पहिलो दिन सर्वाधिक कलेक्सन गर्ने सिनेमा हो । ४० करोडको ओपनिङ गरेको सिनेमा पनि ३ दिनमै सय करोड क्लबमा इन्ट्री गरेको थियो । तर, मिस्रित समिक्षाका कारण सिनेमाको लाइफटाइम कलेक्सन २ सय ७ करोड भन्दा माथि पुग्न सकेन । २०१५ मै रिलिज भएको यो सिनेमालाई सूरज आर. बर्जत्यले निर्देशन गरेका थिए ।

सुल्तान

२०१६ मा रिलिज भएको सिनेमाले लाइफटाइम ३ सय करोड छुँदा ३ दिनमै सय करोड क्लबमा इन्ट्री गरेको थियो । अलि अब्बास जफर निर्देशित सिनेमा जम्मा ९० करोडको बजेटमा निर्माण भएको थियो । सिनेमामा सलमानको अपोजिट अनुष्का शर्मा थिइन् ।

ट्युबलाईट

२०१७ मा रिलिज भएको यो सिनेमा असफल सिनेमाको सुचीमा छ । तर, यसले पनि ६ दिनमै सय करोड क्लबमा इन्ट्री गर्दा लाइफटाइम १ सय २१ करोडमै खुम्चियो । कबिर खान निर्देशित सिनेमा १ सय ३५ करोडको बजेटमा निर्माण भएको थियो ।

टाइगर जिन्दा हे

यो सलमानको करियरकै हाइएस्ट नेट ग्रसर हो । यसको घरेलु कलेक्सन ३३९.१६ करोड छ । साथै बलिउडको सर्वाधिक कमाइ गर्ने सिनेमाको दोस्रो नम्बरमा छ । ३ सय ८७ करोड माथि कमाएको ‘दंगल’ बलिउडको सर्वाधिक कमाइ गर्ने सिनेमा हो । १ सय ५० करोडको बजेटमा निर्मित सिनेमालाई अलि अब्बास जफरले निर्देशन गरेका हुन् ।

रेस ३

प्रदर्शनरत ‘रेस ३’ चार दिने कलेक्सन १२०.२४ करोड छ । यसले २ सय करोड सजिलै छुन सक्ने अनुमान गरिएको छ । रेमो  डिसुजा निर्देशित सिनेमा १ सय ५० करोडको बजेटमा निर्माण भएको हो ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
महाभियोगबारे संसद्ले आज के गर्ला ? यस्तो छ सरकारको रणनीति
महाभियोगबारे संसद्ले आज के गर्ला ? यस्तो छ सरकारको रणनीति
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायात प्रभावित हुने
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायात प्रभावित हुने
एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी
एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी
चीन भारत सीमामा युद्धको संकेत देखियो, बढ्यो दुवै देशको सैन्य गतिविधि
चीन भारत सीमामा युद्धको संकेत देखियो, बढ्यो दुवै देशको सैन्य गतिविधि
दैनिक ५ लाखको भ्रष्टाचार हुने कार्यालय
दैनिक ५ लाखको भ्रष्टाचार हुने कार्यालय
‘Dhadak’ title track will release on this date, Janhvi and Ishaan gave a sneak peek of it, watch
‘Dhadak’ title track will release on this date, Janhvi and Ishaan gave a sneak peek of it, watch
अनुसन्धानको दाबी : लाम्चोभन्दा चौडा अनुहार हुनेहरु बढी आक्रामक
अनुसन्धानको दाबी : लाम्चोभन्दा चौडा अनुहार हुनेहरु बढी आक्रामक
मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल
मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल
पीडितलाई न्याय हुने गरी काम गर्नुपर्छ : अध्यक्ष ओली
पीडितलाई न्याय हुने गरी काम गर्नुपर्छ : अध्यक्ष ओली

तपाईंले छुटाउनुभयो कि?