मनोज गजुरेलको भावुक स्टाटसमा ‘एक्स वाइफ’ मीनाको यस्तो ‘कमेन्ट’
सारांश
- काठमाडौं, ९ माघ ।
- चर्चित हास्य कलाकार मनोज गजुरेलले हिजो अर्थात सोमबार एउटा लामो स्ट्याटस लेखेर फेसबुकमा पोष्ट गरे ।
- स्ट्याटस थियो– श्रीमतीसँग सम्बन्ध बिच्छेद भएकोबारे ।
काठमाडौं, ९ माघ । चर्चित हास्य कलाकार मनोज गजुरेलले हिजो अर्थात सोमबार एउटा लामो स्ट्याटस लेखेर फेसबुकमा पोष्ट गरे । स्ट्याटस थियो– श्रीमतीसँग सम्बन्ध बिच्छेद भएकोबारे । उनले सम्बन्ध बिच्छेदका केही कारणसमेत सार्वजनिक गरेका छन् ।
गजुरेलले फेसबुकमा पारिवारिक सहमतिका आधारमा हामीले कानुनी रुपमै छुट्टिने निर्णय गरेको उल्लेख गरेका छन् । गजुरेलले फेसबुकमा लेखेका छन्, ‘यसक्रममा छोरी आमाको र छोरो बाबुको अभिभावकत्वमा रहनेगरी सम्पत्तिलाई दुवै पक्षका परिवारको रोहबरमा चार भाग लगाई बाँडफाँड गरेका छौँ ।’
सँगै गजुरेलले सम्बन्ध बिच्छेदको विषयलाई लिएर दुवै गलत नभएको तर फरक रहेको स्वीकार गरेका छन् । उनले पारिवारिक व्यवस्थापनमा आफू असफल भएकोमा सबैसँग क्षमासमेत मागेका छन् ।
गजुरेलको उक्त स्टासटमा उनकी पूर्व पत्नी मीना ढकाललेसमेत कमेन्ट गरेकी छिन् । ‘देखाऊ देखाऊ आफ्नो कला अझै। यू आर दी ग्रेट एन ग्रेटेस्ट पर्सन किप इट अप मिस्टर नौटंकी’, मीनाले मनोजको स्टाटसमाथि कमेन्ट गर्दै लेखेका शब्द यिनै हुन् । उनको कमेन्ट लगत्तै मोती राईले सकारात्मक हुन मीनालाई सुझाव दिएकी छिन् । उनलाई जवाफ दिँदै मीनाले पोजेटिभ सोच्ने तपाईंजस्ता फ्यानको जिम्मामा छोडिसके’, मीनाले जवाफ दिएकी छिन् ।
गजुरेलले श्रीमतीसँग सम्बन्ध बिच्छेद भएको कुरा एक महिनापछि आफैंले सार्वजनिक गरेका हुन् । बाँकी मनोज गजुरेलको फेसबुक स्ट्याटसमा गएर मिनाको कमेन्ट पढ्नुहोस् ।
प्रतिक्रिया