९ महिनामा कति अर्बको सुन आयात भयो ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ९, २०७९
|
|
१७ पटक हेरिएको
Shares
९ महिनामा कति अर्बको सुन आयात भयो ?

सारांश

  • चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो नौ महिनामा नेपालमा साढे २८ अर्ब रुपैयाँभन्दा बढीको सुन भित्रिएको छ ।
  • भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको सुन नेपाल भित्रिएको हो ।
  • उक्त अवधिमा २८ अर्ब ५४ करोड ९० लाख ४ हजार रुपैयाँमा ४ हजार ९४ केजी सुन नेपाल भित्रिएको विभागले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो नौ महिनामा नेपालमा साढे २८ अर्ब रुपैयाँभन्दा बढीको सुन भित्रिएको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको सुन नेपाल भित्रिएको हो ।

उक्त अवधिमा २८ अर्ब ५४ करोड ९० लाख ४ हजार रुपैयाँमा ४ हजार ९४ केजी सुन नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार अघिल्लो एक वर्षमा नेपालले आयात गरेकोभन्दा बढी सुन चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भित्रिसकेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा नेपालले २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको सुन आयात गरेको थियो । उक्त मूल्यमा सो वर्ष ३ हजार ९२४ केजी सुन नेपाल भित्रिएको थियो ।

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा मात्र युएईबाट २२ अर्ब ६ करोड २१ लाख ६ हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ ।

सोही अवधिमा टर्कीबाट ५ अर्ब २८ करोड १८ लाख ४६ हजार रुपैयाँको सुन नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?