के सुन तस्करीमा गृहमन्त्री क्षेष्ठको संलग्नता छ त ? सांसद भट्टराईको यस्तो आरोप

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ४, २०८०
|
|
४६ पटक हेरिएको
Shares
के सुन तस्करीमा गृहमन्त्री क्षेष्ठको संलग्नता छ त ? सांसद भट्टराईको यस्तो आरोप

सारांश

  • काठमाडौं ।
  • गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि सुन तस्करीमा संलग्न रहेको आरोप लगाइएको छ ।
  • राष्ट्रियसभाका सांसद गोपाल भट्टराईले करिब एक क्विन्टल सुन प्रकरणमा गृहमन्त्री क्षेष्ठ पनि संलग्न रहेको आरोप लगाएका हुन् ।

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि सुन तस्करीमा संलग्न रहेको आरोप लगाइएको छ । राष्ट्रियसभाका सांसद गोपाल भट्टराईले करिब एक क्विन्टल सुन प्रकरणमा गृहमन्त्री क्षेष्ठ पनि संलग्न रहेको आरोप लगाएका हुन् ।

बिहीबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नामसमेत सो प्रकरणमा मुछिएको समाचार आएको टिप्पणी गरेका हुन् । सो प्रकरणमा ठूलाहरूनै संलग्न रहेकाले निष्पक्ष छानविन हुने विश्वाससमेत आफूहरूलाई नभएको सांसद भट्टराईले बताए ।

उनले भने, ‘सुन भित्र्याउँदा मोटरसाइकल र स्कुटरको ब्रेक सू भनेर भन्सार छली भएको छ । यो एक, डेढ महिना यही प्रक्रियाबाट भित्रिएको भन्ने सुनिएको छ । अब निष्पक्ष छानबिन हुन्छ भनेर विश्वास गर्ने ठाउँ छैन । यो प्रश्न राख्न चाहन्छु।’

जनताको ध्यान एकातिर मोडेर मुलुकमा सुन तस्करी गर्नेक्रम बढिरहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकार गम्भीर नभएको उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गजल (म सँग के थिएन)
गजल (म सँग के थिएन)
नेकपाकी नेतृ पूर्णकुमारीले बुहारीलाई अन्माएर पठाइन्
नेकपाकी नेतृ पूर्णकुमारीले बुहारीलाई अन्माएर पठाइन्
सुशासनमा कुनै सम्झौता हुँदैन “विज्ञापन दिएर नतिर्नेलाई पाता फर्काइन्छ: मन्त्री बाँस्कोटा
सुशासनमा कुनै सम्झौता हुँदैन “विज्ञापन दिएर नतिर्नेलाई पाता फर्काइन्छ: मन्त्री बाँस्कोटा
उपप्रधानमन्त्री श्रेष्ठसँग एमसिसीका सिइओको शिष्टाचार भेट
उपप्रधानमन्त्री श्रेष्ठसँग एमसिसीका सिइओको शिष्टाचार भेट
आज कतिमा साटिदैछ विदेशी मुद्रा  ?
आज कतिमा साटिदैछ विदेशी मुद्रा ?
जोशी हाइड्रोको १६ करोड ९० लाख बराबरको आईपिओ आउने
जोशी हाइड्रोको १६ करोड ९० लाख बराबरको आईपिओ आउने
कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि शुरु
कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि शुरु
मुख्य मन्त्री पौडेल अध्यक्ष रहेको क्याम्पसले नेपाल भरिमा नै तेस्रो स्थान हासिल
मुख्य मन्त्री पौडेल अध्यक्ष रहेको क्याम्पसले नेपाल भरिमा नै तेस्रो स्थान हासिल
मादी गाउँपालिका कास्कीको परिणाम धमाधम आउँदै, कहाँ को ?
मादी गाउँपालिका कास्कीको परिणाम धमाधम आउँदै, कहाँ को ?
पूर्व उपप्रधानमन्त्री निधिले तोकिएकै समयमा सबै तहको निर्वाचन हुने बताउनुभयो
पूर्व उपप्रधानमन्त्री निधिले तोकिएकै समयमा सबै तहको निर्वाचन हुने बताउनुभयो