भारतको दिल्लीमा आगलागीमा परी नौ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ७, २०७६
|
|
३२ पटक हेरिएको
Shares
भारतको दिल्लीमा आगलागीमा परी नौ जनाको मृत्यु

सारांश

  • ७ पुस ।
  • भारतको नयाँ दिल्लीमा सोमबार बिहान भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
  • मृत्यु भएका मध्ये चार महिला र तीन बालबालिका रहेका छन् ।

७ पुस । भारतको नयाँ दिल्लीमा सोमबार बिहान भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये चार महिला र तीन बालबालिका रहेका छन् । आवासीय भवनमा आगलागी भएको सरकारी अधिकारीहरुले जनाएका छन् । नयाँ दिल्लीको उत्तरपश्चिमी क्षेत्रमा पर्ने किरारीमा रहेको चार तले भवनमा आगलागी भएको हो ।

दिल्ली अग्नी नियन्त्रण विभागका अधिकृत अजयकुमारले सो आगलागीमा मारिएमा तीन जना चिन्नै नसकिने गरी पूर्ण रुपमा जलेका सिन्ह्वा समाचार समितिलाई बताएका छन् । आगो पूर्णरुपमा नियन्त्रणमा लिइसकेको र खोजी तथा उद्धार कार्य जारी नै रहेको उनले बताए । घटनास्थलबाट घाइते अवस्थामा तीन जनालाई उद्धार गरिसकिएको छ । ती मध्ये एक जनाको शरीरमा १५ प्रतिशत जति जलेर घाइते भएका छन् । अन्य दुई जना भने सामान्य जलेको र उनीहरु सवैको उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् ।

रातको समयमा विद्युतको लाइनमा समस्या आएपछि सो आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको कुमारले जानकारी दिए । तर यथार्थ पत्ता लगाउन अनुसन्धान प्रक्रिया अगाडी बढाईसकिएको उनले बताए । भारतको केन्द्रीय राजधानी सहर नयाँदिल्लीमा यसै महिना भएको यो दोस्रो आगलागीको घटना हो । यसअघि डिसेम्बर ८ तारिखका दिन पनि नयाँ दिल्लीमा ठूलो आगलागीको घटना भएको थियो । सो घटनामा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो ।

मृत्यु भएका मध्ये अधिकांश मजदुर रहेका थिए । नयाँ दिल्लीको फिल्मिस्तान क्षेत्रमा रहेको घरमा आगलागी भएको थियो । घटनामा पिडितहरुलाई केन्द्रिय तथा राज्य सरकारले राहतको घोषणा गरेका थिए भने, अनुसन्धानका लागि टोली पनि परिचालन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

  प्रधानमन्त्री कप क्रिकेटः एपिएफद्वारा बागमतीलाई दुई सय ४२ रनको लक्ष्य
  प्रधानमन्त्री कप क्रिकेटः एपिएफद्वारा बागमतीलाई दुई सय ४२ रनको लक्ष्य
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापा यी हुन्
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापा यी हुन्
एक क्विन्टल गाँजा बरामद
एक क्विन्टल गाँजा बरामद
बौद्धबाट एघार महीनामा आपराधिक घटनामा संलग्न ८४४ जना पक्राउ
बौद्धबाट एघार महीनामा आपराधिक घटनामा संलग्न ८४४ जना पक्राउ
डेभिड वार्नर बने २०१९ मा ५ सय रन बनाउने पहिलो खेलाडी
डेभिड वार्नर बने २०१९ मा ५ सय रन बनाउने पहिलो खेलाडी
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
तीन वर्षीय भतिजाको घाँटी थिचेर हत्या गर्ने एक महिला पक्राउ !! आगलागीमा जलेर दुई बालबालिको मृत्यु…
तीन वर्षीय भतिजाको घाँटी थिचेर हत्या गर्ने एक महिला पक्राउ !! आगलागीमा जलेर दुई बालबालिको मृत्यु…
हेर्नुहोस् सन्ध्या पौडेलको ‘सेक्सी जवानी’
हेर्नुहोस् सन्ध्या पौडेलको ‘सेक्सी जवानी’
सलमानको कन्सर्ट कि धुर्मुस–सुन्तलीको एकीकृत बस्ती ?
सलमानको कन्सर्ट कि धुर्मुस–सुन्तलीको एकीकृत बस्ती ?
राजपाले सबै स्थानीय तहको उम्मेदवार टुङ्ग्यायो, उम्मेदवारहरु (सूचीसहित)
राजपाले सबै स्थानीय तहको उम्मेदवार टुङ्ग्यायो, उम्मेदवारहरु (सूचीसहित)

तपाईंले छुटाउनुभयो कि?