आयुक्तहरुको गाडी मोह- एक्लैले चढ्छन् चारवटा गाडी

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १०, २०७४
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १० माघ- प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र अन्य चारजना आयुक्तहरुले सवारीसाधनको चरम दुरुपयोग गरिरहेको पाइयाएको छ ।
  • प्रमुख आयुक्त यादवले चारवटा सवारीसाधन प्रयोग गरिरहेको आजको नागरिक दैनिकमा प्रकाश तिमिल्सिनाले खबर लेखेका छन् ।
  • आयुक्त इला शर्माले दुईवटा चारपांग्रे र दुईवटा दुईपांग्रे सवारीसाधन प्रयोग गरिरहेकी छन् ।

काठमाडौं, १० माघ- प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र अन्य चारजना आयुक्तहरुले सवारीसाधनको चरम दुरुपयोग गरिरहेको पाइयाएको छ ।

प्रमुख आयुक्त यादवले चारवटा सवारीसाधन प्रयोग गरिरहेको आजको नागरिक दैनिकमा प्रकाश तिमिल्सिनाले खबर लेखेका छन् । आयुक्त इला शर्माले दुईवटा चारपांग्रे र दुईवटा दुईपांग्रे सवारीसाधन प्रयोग गरिरहेकी छन् ।

अन्य आयुक्तले पनि कम्तिमा दुईवटा सवारीसाधन चलाइरहेको आयोग स्रोतले जनाएको छ । आयोग स्रोतका अनुसार प्रमुख आयुक्त यादवले बा२झ ४४७, बा२झ ३२२८, बा६च १४४८ नम्बर र हालै किनिएको महिन्द्रा एक्सक्युभी गाडी प्रयोग गरिरहेका छन् । उनले दुईवटा जापनिज ल्यान्डक्रुजर प्राडो, एउटा अमेरिकी फोर्ड सेडानको कार र अर्को भारतीय कम्पनी महिन्द्राको गाडी प्रयोग गर्ने गरेकी छिन् ।

यादवले प्रयोग गरिरहका दुईवटा ल्यान्डक्रुजर गाडी युएनडीपीले र फोर्ड सेडान कार भारतले सहयोगस्वरुप आयोगलाई दिएका हुन् । यसबारे जिज्ञासा राख्दा यादव सम्पर्कमा आउन चाहेनन् ।
अन्य आयुक्तहरु इश्वरी पौडेल, नरेन्द्र दाहाल र सुधिरकुमार साहको पनि २।२ वटा ल्यान्डक्रुजरसहितका सवारीसाधन प्रयोग गरिरहेका छन् ।

(https://www.newsoftwares.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?