प्रचण्ड र बाबुरामलाई पुर्बजनमुक्ति सेनाको प्रश्नै-प्रश्नहरुको चाङ
सारांश
- जमिनदारको खेत जोत्दा उठेको ठेला त छंदै थियो, जनयुद्धमा प्रचण्ड बाबुरामहरुको बन्दुक बोक्दा उठेका ठेलाहरुले कहिलै न्याय पाएनन ।
- जमिनदारहरुले एक माना चामलमा ठेला उठाउने बनाए !
- यता प्रचण्ड बाबुरामले माओवादी आन्दोलनलाई नै अयोग्य बनाएर प्रक्रियावादीहरुको संरक्षण गर्न पुगे ।
जमिनदारको खेत जोत्दा उठेको ठेला त छंदै थियो, जनयुद्धमा प्रचण्ड बाबुरामहरुको बन्दुक बोक्दा उठेका ठेलाहरुले कहिलै न्याय पाएनन । जमिनदारहरुले एक माना चामलमा ठेला उठाउने बनाए ! यता प्रचण्ड बाबुरामले माओवादी आन्दोलनलाई नै अयोग्य बनाएर प्रक्रियावादीहरुको संरक्षण गर्न पुगे । साहुको भरिया भएर चिरिएका पैतलाहरुले नै प्रचण्ड बाबुरामलाई सिहदरबारको रातो कार्पेटमा पुराउन कति पैतलाहरु चिरिएका छन् ।
के तपाई हिड्ने रातो कार्पेटको लागि मात्र युद्ध थियो बाबुराम, प्रचण्ड कमरेड ? होइन भने माओवादको प्रयोग हो कि बदनाम ? बन्दुक बोकेको राज्य संग घंगारु लाठीको भरमा श्रमजीवीहरु लाई किन बलि चढायो ? देशी विदेशी मालिकको विरुद्ध सुरुङ्ग युद्ध भन्ने आज तिनैहरु संग अन्कमाल गर्ने भए सुरुङ्ग युद्ध के को लागि थियो ? सत्रुर र मित्र थाहा नपाउने भए किन उत्पीडितहरु लाई खोक्रो सपना दिएको हो ? होइन भन्ने सामन्तवादी उत्पिडनविरुद्ध संर्घष गरेका योद्धा तपाईहरुलाई रातो कार्पेटमा पुराएका जिउदा सहिद बालकृष्णलाई सामन्तीको पिजडा भित्र मुक्तिको सपना किन कैद गरिएको हो ?
गोबिन्द केसीको समर्थनमा सडकमा आउने बाबुराम बालकृष्ण पिजडामा पर्दा समेत एक सब्द बोल्न सक्दैन ? के देशी बिदेशी शक्तिकेन्द्रको रातो कार्पेट मै रमाएको हो ? प्रचण्ड र बाबुराम ज्यु तपाईंहरुको राजनीतिले कहिले काङ्ग्रेसको गोडा धुने भयो, कहिले एमालेको भजन गाउने भयो तर बालकृष्ण लाई एक सब्द खर्च नगर्ने भयो, अनि माओवादी आन्दोलनलाई अपराधी हत्यारा भनेर साम्राज्यवाद र बिस्तारवाद संग ल्यापचे ठोक्नु भएछ होइन र? तपाईंहरु लाई यो ठाउँमा पुराउने र पटक पटक मन्त्री र सांसद बनाउने सिपाही बालकृष्ण होकि होइनन् ? बालकृष्ण जस्ता योद्धाहरुले युद्धको मोर्चा नसमालेको भए । तपाईहरुको हैसियत रातो कार्पेट सम्म पुग्ने थियो कि थिएन ?
हामीले श्रमजीवीको मुक्ति पाउने सहिदहरुको रगतले रङ्गिएको रातो कार्पेट खोजेका थियौ । साम्राज्यवादले श्रमजीवीको हत्या गर्न प्रयोग गरेको रातो कार्पेट कालो खरानी बनाउन चाहन्थ्यौ । जति बेला बालकृष्णले बन्दुक बोकेका थिए त्यतिबेला सबैको प्यारा र इमानदार देश भक्त थिए । जतिबेला हतियार खोस्न लगाइयो अनि बालकृष्ण अपराधी भए । युद्धमा बन्दुक र गोलीको आदेश दिन सक्नेहरुले सान्तिकालमा जिम्मेवारी लिन सक्दैनन् भने युद्धको त्यो रातो कार्पेट सहिदको रगतले आएको नभई त्यो त नुन देखि सुन दलाल देखी देशी तथा विदेशी साम्राज्यवादको आशिर्वादबाट प्राप्त भएको रहेछ है ? युद्धको बेला सबै योद्धाहरुले तपाईहरुलाई बाउ आमा भन्दा ज्यादा माया गरेको होकि होइन ? त्यति बेलाका नेतृत्व तपाईहरुले आफ्नो योद्धाहरुको रक्षा गर्नु तपाईंहरुको कर्तव्य होकि होइन ?
एक थोपा रगत शरिरमा रहदा सम्म युद्ध जिन्दावाद भन्न सिकाउनु भयो बालकृष्णले त्यही भन्नु भयो । जमिन जोत्नेको हुनुपर्छ भन्यो श्रमिकहरु त्यसको लागि रगत बगाउन तयार भए । बारी खन्नेको नै हुनुपर्छ भन्यो किसान बिद्रोह गर्न तयार भए । महल, कारखाना र पुजी पसिना बगाउने कै हुनुपर्छ भन्यो मजदुरहरु छापामार बन्न तयार भए । आखिर श्रमिक, किसान र मजदुरहरुले के पाए ? थवाङलाई राजधानी बनाउने भन्नु हुन्थ्यो ।सुकुम्बासी मालिक किसानलाई जग्गा, बेरोजगार लाई रोजगार गरिबलाई गाँस बाँस कपास र शिक्षा स्वास्थ्य भन्नु हुन्थ्यो त्यो सबै कहाँ हराए ?
बर्गिय युद्ध भन्नेहरुले आफ्नो बर्ग फेरेर श्रमजीवी बर्गलाई जहाँको त्यहि राखेर खुन चुस्ने हुनुभयो । जङ्गल छदाको बाघ बजार पस्दाको स्याल किन बन्नु भयो बाबुराम प्रचण्ड कमरेड । तपाईहरु त दुई चार दिन स्याल बनेर भए पनि सरकार चलाउनु होला तर बालकृष्ण जस्ता हजारौं योद्धाहरु चाहि कुकुर बन्नु पर्यो है । तर याद राख्नुहोस कायरहरुको व्यवस्थामा स्यालहरुको खुसियाली धेरै दिन हुदैन । धेरै श्रमजीवीहरु आसु पिडा र संघर्षमा छन् । साठी लाख युवा युवतीहरु विदेशी तापक्रम संग प्रत्येक दिन रोग भोग र आँसु पसिना संग संघर्ष गर्न बाध्य छन् । प्रत्येक दिन रातो बाकसलाई पशुपति घाटमा खरानी बनाएको छ ।
राष्ट्रवादी भन्ने तर सिमाना गुमेको पिडा नै छैन । क्रान्तिको गतिसँगै बलियो राष्ट्र बनाउने कुरा थियो । सत्ता जनताको हातमा र नेता निस्वार्थ जनताको बिचमा रहने दस्ताबेज थियो । दुखी गरिब र मजदुरहरु मालिक बन्ने कुरा थियो । अहिले कसरी बर्गिय सत्ता बिना जनताको मुक्ति सम्भब देख्नु भयो?
घाइते योद्धाहरु अपांग शरीर बोकेर खाडी सहित विभिन्न देशमा जानेहरुको पिडा कसले बुझ्ने हो ? अयोग्य साथीहरूको जीवन कहिले योग्य हुन्छ ? सादा जीवन उच्च विचार भन्ने तपाईहरु आज ज्ञानेन्द्र भन्दापनि हाइफाई जिन्दगि भयो ? बर्गिय जिबन मात्र देख्ने तपाईहरु एकाएक किन ब्यक्तिगत्त जिबन तिर फर्किनु थियो भने खोक्रो सिद्धान्तको फन्दामा किन पारियो श्रमजीवीहरुलाई ?
रोल्पा सम्झौता हुँदै १२ बुंदे दिल्ली सम्झौता नेपालको राष्ट्रियता जोगाउनको लागी थियो कि ? सिमानामा पिलर बेच्नको निम्ति ? बृहत शान्ति सम्झौता श्रमजीवीहरुको न्यायको लागी थियो कि ? तपाईंहरुलाई काठमाडौमा शान्ति संग बाचेर श्रमजीवी विरुद्ध मोर्चा बनाउन र विदेशी दुत र रअका एजेन्डहरु लाई भेट्नको लागि थियो ?
अन्तमा, प्रचण्ड,बाबुराम कमरेड बालकृष्णलाई त यो व्यवस्थाले अपराधी देख्यो तर १७ हजारको हत्यारा को हुन् ? हजारौं बेपत्ता पार्ने को हुन् ? हजारौं घाइतेको दुस्मन कहाँ छन् ? रुकुमको खारा, रोल्पा, कालिकोटलगायत देशभर माओवादीको नाममा सर्वसाधारणको हत्या कसले गरेको हो ?
दिलबहादुरहरुको हत्यारा को हुन् ? कृष्णसेनका हत्यारा को हुन् ? तपाईँले भन्न सक्नुहुन्छ ? सबैभन्दा ठूलो युग परिवर्तन गर्ने श्रमजीवीहरुको हत्यारा को हो ? यसको उत्तर तपाईँहरु बाट पाउने अाशा गर्दछु ।
टिकाराम ओली – पुर्ब जनमुक्ति सेना
Gorakh Bahadur Basnet
ok.good
Unique Oli
sai ho
Ganga Magar
Good que..