भरतपुर मुद्दाको सुनुवाई आज पनि भएन
सारांश
- काठमाडौं ।
- भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को विवाद बारे परेको मुद्धाबारे सर्बोच्चले आइतबार पनि सुनुवाई गर्न सकेन ।
- ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा परेको यो रिट आज पनि हेर्दा हेर्दैमा राखिएको छ ।
काठमाडौं ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को विवाद बारे परेको मुद्धाबारे सर्बोच्चले आइतबार पनि सुनुवाई गर्न सकेन ।
ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा परेको यो रिट आज पनि हेर्दा हेर्दैमा राखिएको छ । आज बहस नसकिएकाले रिटलाई हेर्दा हेर्दैमा राखिएको र भोलि पनि सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको छ ।
गत मंगलबार न्यायाधीश भण्डारी विदेश गएका कारण रोकिएको सुनुवाई आज पुन सुरु भएको थियो ।
मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा पुन मतदान गराउने निर्णय गरेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया