चीनमा सिसाबाट बनेको पुल र पार्क (तस्विर)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
२४ पटक हेरिएको
Shares
चीनमा सिसाबाट बनेको पुल र पार्क (तस्विर)

सारांश

  • ‘सिसा’ भन्नासाथ हामी एउटा कमजोर बस्तु ठान्छौं जो सामान्य ठक्कर वा प्रहारबाट टुक्राटुक्रा भएर फुट्न सक्छ ।
  • भौतिक संरचना निर्माणमा विश्वलाई चकित पार्दै आएको चीनले भने त्यही कमजोर बस्तुलाई प्रयोग गरेर विशाल पुल निर्माण गरेको छ ।
  • पछिल्लो समय चीनले सिसाका पुललाई निकै प्राथमिकता दिएको छ र यस्तो पुल निर्माण उसको महत्वाकांक्षी योजनामात्र नभई विश्वलाई नै चकित तुल्याउने एउटा नयाँ प्रयोग पनि भएको छ ।

‘सिसा’ भन्नासाथ हामी एउटा कमजोर बस्तु ठान्छौं जो सामान्य ठक्कर वा प्रहारबाट टुक्राटुक्रा भएर फुट्न सक्छ । भौतिक संरचना निर्माणमा विश्वलाई चकित पार्दै आएको चीनले भने त्यही कमजोर बस्तुलाई प्रयोग गरेर विशाल पुल निर्माण गरेको छ । पछिल्लो समय चीनले सिसाका पुललाई निकै प्राथमिकता दिएको छ र यस्तो पुल निर्माण उसको महत्वाकांक्षी योजनामात्र नभई विश्वलाई नै चकित तुल्याउने एउटा नयाँ प्रयोग पनि भएको छ । झाङ्गजाइजीस्थित तियानमेनशन नेशनल पार्कमा ३ सय ३० फिट लामो सिसाको पुल निर्माण गरिएको छ ।

१ अगस्टबाट पर्यटकका लागि खुला गरिएको यो पुल ५ फिट चौडाकारको छ । पारदर्शी सिसाबाट बनाइएको यो पुलमा हिँड्ने मानिसको पाइला लर्बराउनु स्वाभाविक हो किनकि पुलमा हिँडिरहँदा तल जमिन छर्लङ्ग देखिन्छ । समुद्री सतहबाट ४ हजार ६ सय फिट उचाइमा रहेको यो पुल पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । त्यस्तै हुनान प्रान्तको झाङ्गजाइजीमा १ हजार ४ सय १० फिट लामो पुल बनाइएको छ, जसमा सिसाको धरातल छ ।

९ सय ८० फिट अग्लो यो पुल अगस्ट २० देखि सर्वसाधारणका लागि खुला गरिएको छ । यसअघि एक समारोहबीच यो पुलको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा इन्जिनियरहरुले विशाल घन दिएर युवा–युवतीलाई पुलमा रहेको सिसा फुटाउन चुनौती दिएका थिए । यसका साथै एउटा कारलाई यो पुलबाट पार गराइएको थियो ।

हुनान प्रान्तको स्टोन बुद्ध माउन्टेनमा अर्को एउटा पुल बनाइएको छ, जसमा सिसालाई नै धरातलमा राखिएको छ । ९ सय ८४ फिट लामो र ५ सय ९० फिट अग्लो यो पुल एक वर्षअघि नै संचालनमा आइसकेको छ । त्यस्तै चोङ्गकिङ्गस्थित लोङ्गगाङ्ग नेशनल जियोलोजिकल पार्कमा एउटा यस्तो डेक बनाइएको छ, जसको पनि धरातल सिसाले नै बनेको छ । एउटा चट्टानको बाहिरी भागमा निकालिएको डेक १ हजार ४ सय १० फिट लामो छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?