प्रचण्डको कुरा बाबुरामले टेरेनन्: के भनेका थिए प्रचण्डले ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १२, २०७४
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १२ माघ ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति पार्टीका संयोजक डा.
  • बाबुराम भट्टराईबीच आज खुलेरै कुराकानी भएको छ ।

काठमाडौं, १२ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईबीच आज खुलेरै कुराकानी भएको छ ।

शुक्रबार भारतीय ६९ औं गणतन्त्र दिवसको अवसरमा नेपालस्थित् भारतीय दुतावासले आयोजना गरेको दिवा भोजमा भेट भएका प्रचण्ड र भट्टराईबीच कुराकानी भएको हो ।

भेटमा कुराकानी हुँदा सँगै रहेका एक सहभागीले दिएको जानकारी अनुसार प्रचण्डले भट्टराईलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । अब बन्ने सरकारलाई समर्थन गर्न बाबुरामलाई आग्रह गरेका थिए ।

यता, बाबुरामले भने राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरिसकेकोले अहिले नै त्यसबारेमा केही भन्न नसकिने स्पष्ट पारेका थिए । सो आग्रह गर्दा भट्टराई पत्नि हिसिला यमि पनि सँगै थिइन् ।

पूर्वप्रधानमन्त्रीद्धय प्रचण्ड र बाबुरामको जम्काभेटलाई उपस्थित् व्यक्तित्वहरुले निकै चासोका साथ हेरेका थिए ।

(Xanax)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    रमेश परियार

    बाबु राम ओरालो लागेको हरिन हो। काम छैन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?