रुस युक्रेन युद्धको असरः कच्चा तेल प्रतिब्यारेल ११९ पुग्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १९, २०७८
|
|
२० पटक हेरिएको
Shares
रुस युक्रेन युद्धको असरः कच्चा तेल प्रतिब्यारेल ११९ पुग्यो

सारांश

  • रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय कमोडिटी बजारमा उच्च मूल्य वृद्धि भएको छ ।
  • जसको असर नेपालको औद्योगिक उत्पादनदेखि बजारसम्मका अत्यावश्यक वस्तुको मूल्यमा पर्ने चिन्ता सुरु भएको छ ।
  • युद्धका कारण रुस र युक्रेनी बजारमा उत्पादन हुने वस्तुको निर्यातमा प्रभावसँगै युद्ध थप चर्किए अन्तर्राष्ट्रिय आपूर्ति व्यवस्था नै खलबलिने भय उत्पन्न हुँदा उच्च मूल्य वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय कमोडिटी बजारमा उच्च मूल्य वृद्धि भएको छ । जसको असर नेपालको औद्योगिक उत्पादनदेखि बजारसम्मका अत्यावश्यक वस्तुको मूल्यमा पर्ने चिन्ता सुरु भएको छ ।

युद्धका कारण रुस र युक्रेनी बजारमा उत्पादन हुने वस्तुको निर्यातमा प्रभावसँगै युद्ध थप चर्किए अन्तर्राष्ट्रिय आपूर्ति व्यवस्था नै खलबलिने भय उत्पन्न हुँदा उच्च मूल्य वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

ट्रेन्डिङ इकोनोमीले सार्वजनिक गरेको बिहीबारको विवरणअनुसार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिव्यारेल ११९ डलर पुगेको छ । जुन पछिल्लो ११ वर्ष यताकै उच्च हो । तेलको मूल्य बढ्दा नेपालले आयात गर्ने समग्र पेट्रोलियम पदार्थको मूल्य बढ्ने र नेपालको अर्थतन्त्रलाई नै ठूलो असर पुग्छ । बिहीबारको कच्चा तेलको मूल्य सन् १ फेब्रुअरी २०१२ को मूल्य भन्दा केही सेन्टले कम हो । त्यसदिन ब्रेन्ट कच्चा तेलको मूल्य १२० डलर प्रतिव्यारेल थियो ।

(Flurazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?