चिनियाँ विदेशमन्त्रीद्वारा आधारहीन आलोचना अस्वीकार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १०, २०७६
|
|
२० पटक हेरिएको
Shares
चिनियाँ विदेशमन्त्रीद्वारा आधारहीन आलोचना अस्वीकार

सारांश

  • १० असोज (रासस÷सिन्ह्वा): चिनियाँ विदेशमन्त्री वाङ यीले सिनजियाङ र हाल हङकङका विषयलाई लिएर गरिएको आलोचना चीनमाथिका आधारहीन आलोचना भन्दै त्यसलाई अस्वीकार गरेका छन् ।
  • उनले स्वशासित क्षेत्र हङकङ र चीनकै सिनजियाङ प्रान्तका विषयलाई लिएर विना आधार चीनको आलोचना गर्ने गरिएको पनि बताए ।
  • संयुक्त राष्ट्रसंघको ७४ औँ महासभामा सहभागी हुने क्रममा हाल अमेरिकामा रहनुभएका विदेशमन्त्री वाङलाई रोयटर्स् समाचार समितिले गरेको प्रश्नको जवाफमा सो धारणा राखेका हुन् ।

१० असोज (रासस÷सिन्ह्वा): चिनियाँ विदेशमन्त्री वाङ यीले सिनजियाङ र हाल हङकङका विषयलाई लिएर गरिएको आलोचना चीनमाथिका आधारहीन आलोचना भन्दै त्यसलाई अस्वीकार गरेका छन् । उनले स्वशासित क्षेत्र हङकङ र चीनकै सिनजियाङ प्रान्तका विषयलाई लिएर विना आधार चीनको आलोचना गर्ने गरिएको पनि बताए ।

संयुक्त राष्ट्रसंघको ७४ औँ महासभामा सहभागी हुने क्रममा हाल अमेरिकामा रहनुभएका विदेशमन्त्री वाङलाई रोयटर्स् समाचार समितिले गरेको प्रश्नको जवाफमा सो धारणा राखेका हुन् । उनले भने– चीन यस्ता आधारहीन आलोचना स्वीकार गर्दैन । रोयटर्स्लाई दिएको अन्तर्वार्तामा उनले गएको तीन वर्षयता सिनजियाङमा कुनै हिंसात्मक हमला नभएको पनि दाबी गरे ।

त्यहाँ आतङ्कवादका विरुद्धमा आवश्यक सुरक्षा व्यवस्था अपनाइएकोले यस्तो कुनै हिंसात्मक गतिविधि हुन पाएको छैन– विदेशमन्त्री लीले भने । उइगुर मात्र नभएर सो क्षेत्रमा रहेका विविध जातीय समूह र व्यक्तिहरुले पनि शान्तिपूर्ण रुपमा प्रतिफल लिइरहेको भन्दै विना आधार कसैलाई पनि आरोप नलगाउन सबैलाई उनले आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?