पाकिस्तानले दियो भारतलाई चेतावनी

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १५, २०७५
|
|
४९ पटक हेरिएको
Shares
पाकिस्तानले दियो भारतलाई चेतावनी

सारांश

  • इस्लामावाद, फागुन १५ ।
  • भारतले पाकिस्तानी भूमिमा बम खसालेर तीन सयभन्दा बढी विद्रोहीको हत्या गरेको दाबी गरेपछि आक्रोसित पाकिस्तानले भारतलाई उचित जवाफ दिने चेतावनी दिएको छ ।
  • भारतले गरेको दाबी खण्डन गर्दै पाकिस्तानले त्यसको उचित जवाफ दिने चेतावनी दिएको हो ।

इस्लामावाद, फागुन १५ । भारतले पाकिस्तानी भूमिमा बम खसालेर तीन सयभन्दा बढी विद्रोहीको हत्या गरेको दाबी गरेपछि आक्रोसित पाकिस्तानले भारतलाई उचित जवाफ दिने चेतावनी दिएको छ ।

भारतले गरेको दाबी खण्डन गर्दै पाकिस्तानले त्यसको उचित जवाफ दिने चेतावनी दिएको हो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय लडाकु विमानले आफ्नो भूभागमा आक्रमण गरी विद्रोही मारेको भन्ने दाबीलाई ‘मनगढन्ते’ संज्ञा दिएका छन् । उनले विद्रोही मारिएको भारतीय दाबी अस्वीकारसमेत गरे ।

प्रधानमन्त्री खानले सैनिकसहित देशका सबै शक्तिलाई जस्तोसुकै अवस्थाका लागि तयार रहन निर्देशनसमेत दिएका छन् । उनले भारतको गैरजिम्मेवार क्षेत्रीय नीतिविरुद्ध अन्य देशसँग छलफल गर्ने बताए ।

यस्तै पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीले पाकिस्तानसँग निहुँ नखोज्न भारतलाई चेतावनी दिए । पाकिस्तान आफ्नो सीमा सुरक्षित राख्न सक्षम रहेको भन्दै उनले आवश्यक कदम चाल्ने बताए ।

यसअघि भारतले पाकिस्तान प्रशासित कश्मिरका विभिन्न स्थानमा बम आक्रमण गरेर ३ सयभन्दा बढी विद्रोही मारेको दाबी गरेको थियो । भारतीय वायु सेनाका १२ वटा मिराज २००० नामक लडाकु विमानले कश्मिरको सीमाबाट ३० किलोमिटरभित्र छिरेर २० मिनेटसम्म आक्रमण गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आक्रमणबाट मुस्लिम लडाकु संगठन जैश–ए–मोहम्मदको तालिमस्थल ध्वस्त भएको समेत भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

यही फागुन २ गते भारत प्रशासित कश्मिरको पुलवामामा ४७ जना भारतीय सुरक्षा फौजको ज्यान जाने गरी गराइएको आत्मघाती विष्फोटको जिम्मेवार ठानिएको लडाकु संगठन जैश–ए–मोहम्मदको तालिम केन्द्रमा आक्रमण गरेको भारतीय सेनाले जनाएको छ । आक्रमणबाट जैश–ए–मोहम्मदका कमाण्डर एवं संगठनका सर्वोच्च नेता मसुद अजहरका भाइ समेत मारिएको पनि भारतीय अधिकारीहरुले दाबी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदीको जनकपुर भ्रमण:  प्रदेश सरकारले आयोगलाई झुक्यायो
मोदीको जनकपुर भ्रमण: प्रदेश सरकारले आयोगलाई झुक्यायो
सुहागरातको भोलिपल्ट तन्ना किन फेरिन्छ?
सुहागरातको भोलिपल्ट तन्ना किन फेरिन्छ?
३३ किलो सुन तस्करीमा मुख्य अभियुक्त ‘गोरे जेल चलान !
३३ किलो सुन तस्करीमा मुख्य अभियुक्त ‘गोरे जेल चलान !
धरानमा मापदण्डविपरीत सञ्चालित ३५ औषधि पसलमा कारबाही
धरानमा मापदण्डविपरीत सञ्चालित ३५ औषधि पसलमा कारबाही
साउदी अरेबियामा कोरोनाले ५२ जना नेपालीको मृत्यु
साउदी अरेबियामा कोरोनाले ५२ जना नेपालीको मृत्यु
प्रदर्शनकारीद्वारा प्रहरी कार्यालय र मेयरको घरमा ढुंगामुढा प्रहार
प्रदर्शनकारीद्वारा प्रहरी कार्यालय र मेयरको घरमा ढुंगामुढा प्रहार
गण्डकी प्रदेश : माओवादीबाट मन्त्री बन्नेको टुङ्गो
गण्डकी प्रदेश : माओवादीबाट मन्त्री बन्नेको टुङ्गो
रोशनी शाही र कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकार ‘इञ्जा अवार्ड’बाट सम्मानित
रोशनी शाही र कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकार ‘इञ्जा अवार्ड’बाट सम्मानित
बोर्डिङ स्कुलको चर्को ‘फी’ विरुद्ध सरकारी वकीलले मुद्दा दर्ता गर्न मानेनन्
बोर्डिङ स्कुलको चर्को ‘फी’ विरुद्ध सरकारी वकीलले मुद्दा दर्ता गर्न मानेनन्
शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी गराउन लिङ्देलकाे माग
शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी गराउन लिङ्देलकाे माग