गच्छदारले यसरी जिल्याए कमल थापालाई, राप्रपामा हंगामा

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
२४ पटक हेरिएको
Shares
गच्छदारले यसरी जिल्याए कमल थापालाई, राप्रपामा हंगामा

सारांश

  • काठमाडौं, १३ माघ ।
  • प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएलगत्तै काम चलाउ बनेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पछिल्लो समय लोकप्रिय बन्न बिभिन्न निर्णय गर्न थालेको छ ।
  • मन्त्रीहरुले जिल्लाको राजनीतिमा आफू लोकप्रिय बन्न मन्त्री परिषद्मा प्रस्ताव लैजाने होडबाजी नै चलेको छ ।

काठमाडौं, १३ माघ । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएलगत्तै काम चलाउ बनेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पछिल्लो समय लोकप्रिय बन्न बिभिन्न निर्णय गर्न थालेको छ । मन्त्रीहरुले जिल्लाको राजनीतिमा आफू लोकप्रिय बन्न मन्त्री परिषद्मा प्रस्ताव लैजाने होडबाजी नै चलेको छ ।

चुनाव लगत्तै राप्रपाको केन्द्रीय समितिमा उठेको जेष्ठ नागरिक भत्ताको उमेर ७० बाट घटाएर ६५ बर्ष पुर्याउने प्रस्तावलाई उपप्रधान तथा उर्जामन्त्री कमल थापाले समयमै अघि बढाउन नसक्दा त्यसको ‘जस’ नेपाली कांग्रेस र उपप्रधान तथा स्थानीय विकासमन्त्री विजय गच्छदारले लिएका छन् ।

राप्रपा केन्द्रीय समितिको बैठकमा हेमानन्दन गिरिले जेष्ठ नागरिक भत्ता दिइने उमेर ७० बाट घटाएर ६५ मा झार्नुपर्ने प्रस्ताव राखेकी थिइन् । राप्रपाको केन्द्रीय समितिमा उठेको सो प्रस्ताव थापाले मन्त्री परिषदमा उठाएनन् ।

राप्रपा केन्द्रीय समितिको बैठक बसेको दुई महिनापछि उपप्रधान तथा स्थानीय विकासमन्त्री समेत रहेका कांग्रेस नेता गच्छदारले लगेर पारित समेत गराएपछि राप्रपाका नेता–कार्यकर्ताहरु पछुतो मानिरहेका छन् । राप्रपाको केन्द्रीय समितिमा उठेको सो प्रस्ताव मन्त्रीपरिषदमा गच्छदारले लगेका हुन् ।

केही समयअघि उद्योगमन्त्री सुनिलबहादुर थापाले २०३६ सालमा छिन्ताङ्गमा मारिएका १६ जनालाई शहीद घोषणा गर्नुपर्ने प्रस्ताव मन्त्री परिषद्मा लगेर एकाएक चर्चामा आए । गृहमन्त्रीबाट मन्त्रीपषिदमा लैजानु पर्ने प्रस्ताव उद्योगमन्त्री थापाले लगेका हुन् ।

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनबाट पराजित बनेको राप्रपाकालागि अर्को निर्वाचनकालागि जनमत बटुल्ने गतिलो उपाय गुमाएकोमा अध्यक्ष कमल थापालाई नेता–कार्यकताले धिक्कारिहेका छन् । राप्रपाको प्रस्ताव ‘कपि’ गरेर गच्छदार लोकप्रिय बन्न लागेको राप्रपाका एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार यतिबेला राप्रपाका अध्यक्ष थापादेखि केन्द्रीय समितिमा समेत पछुताउनेको संख्या अधिक छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वाेच्चबाट निस्किए लगत्तै प्रकाण्ड फेरि पक्राउ
सर्वाेच्चबाट निस्किए लगत्तै प्रकाण्ड फेरि पक्राउ
कमल थापाले भने ‘आन्दोलनको तयारी गर्नुहोस्’
कमल थापाले भने ‘आन्दोलनको तयारी गर्नुहोस्’
राष्ट्रिय हितका आधारमा एमसिसीबारे निर्णय : प्रवक्ता श्रेष्ठ
राष्ट्रिय हितका आधारमा एमसिसीबारे निर्णय : प्रवक्ता श्रेष्ठ
स्वर्णिम र रविबीच भेटवार्ता, रास्वपाप्रति नागरिकको सहानुभूति बढेको निश्कर्ष
स्वर्णिम र रविबीच भेटवार्ता, रास्वपाप्रति नागरिकको सहानुभूति बढेको निश्कर्ष
एकतर्फी प्रेममा ‘फिदा’ डाक्टर, बिरामी युवतीको कारण हिरासतमा !
एकतर्फी प्रेममा ‘फिदा’ डाक्टर, बिरामी युवतीको कारण हिरासतमा !
कमल थापाको नेतृत्वमा धर्म निरपेक्षताको झण्डा जलाउँदा दुई दर्जन विद्यार्थी पक्राउ
कमल थापाको नेतृत्वमा धर्म निरपेक्षताको झण्डा जलाउँदा दुई दर्जन विद्यार्थी पक्राउ
राजीनामाको चेतावनी नदिएको प्रहरी महानिरीक्षक खापुङको प्रष्टीकरण
राजीनामाको चेतावनी नदिएको प्रहरी महानिरीक्षक खापुङको प्रष्टीकरण
नौ वटा स्थानीय तहद्वारा डेढ वर्षमा गाडी खरिदमा झण्डै ११ करोड खर्च
नौ वटा स्थानीय तहद्वारा डेढ वर्षमा गाडी खरिदमा झण्डै ११ करोड खर्च
सरकारले यी सचिवलाई कारबाही गर्दै
सरकारले यी सचिवलाई कारबाही गर्दै
दोस्रो चरणको चुनाव असार ९ गते हुने
दोस्रो चरणको चुनाव असार ९ गते हुने

तपाईंले छुटाउनुभयो कि?