भोलिदेखि ४ दिनसम्म उपत्यकामा जोर विजोर सवारी साधन चल्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १२, २०७५
|
|
३० पटक हेरिएको
Shares
भोलिदेखि ४ दिनसम्म उपत्यकामा जोर विजोर सवारी साधन चल्ने

सारांश

  • काठमाडौं ।
  • काठमाडौं उपत्यकाभर भोलिदेखि ४ दिनसम्म सवारी साधनमा जोरविजोर तरिकाले चल्ने भएका छन् ।
  • राजधानीमा हुन लागेको एक अन्तराष्ट्रिय सम्मेलनलाई मध्यनजर गर्दै मंसिर १३ देखि १६ गतेसम्म सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ।

काठमाडौं । काठमाडौं उपत्यकाभर भोलिदेखि ४ दिनसम्म सवारी साधनमा जोरविजोर तरिकाले चल्ने भएका छन् । राजधानीमा हुन लागेको एक अन्तराष्ट्रिय सम्मेलनलाई मध्यनजर गर्दै मंसिर १३ देखि १६ गतेसम्म सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ।

काठमाडौंमा एसिया प्यासेफिक सम्मेलन हुँदैछ । सम्मेलनलाई लक्षित गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी साधनको भीड व्यवस्थापनका लागि बिहीबारदेखि आईतबारसम्म सवारीसाधनमा जोर विजोर प्रणाली गर्न लागेको जनाएको छ।

सम्मेलनमा भाग लिन विभिन्न देशबाट पाहुना आउँदैछन् । विभिन्न मुलुकका सहभागीको सवारी आवगमनलाई सजिलो पार्न ४ दिन लामो जोर विजोर प्रणाली लागू गरिएको हो। अत्यावश्यक सेवाका साधन, शैक्षिक संस्थाका सवारीसाधनमा भने प्रणाली लागू नहुने ट्राफिक प्रहरीले जनाएको छ।

महाशाखाका अनुसार १३ गते बिहीबार र १५गते शनिबार विजोर नम्बरका सवारीसाधनमात्र चल्न पाउनेछन् । १४गते शुक्रबार र १६गते आईतबार जोर नम्बरका सवारीसाधनमात्र चल्नेछन् ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?