भारतमा पहिरो परी पश्चिम रुकुमका एकै परिवारका तीन जनाको निधन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०८०
|
|
४३ पटक हेरिएको
Shares
भारतमा पहिरो परी पश्चिम रुकुमका एकै परिवारका तीन जनाको निधन

सारांश

  • काठमाडौं ।
  • विगत केही दिनदेखि परेको अत्यधिक वर्षाको कारण भारतमा पहिरोमा परी तीन नेपाली नागरिकको निधन भएको छ ।
  • हिमाञ्चल प्रदेशमा रोजगारी तथा अन्य सिलसिलामा रहेका नेपाली नागरिकसमेत बाढीबाट प्रभावित भएका एवं पश्चिम रुकुम जिल्लाका एकै परिवारका तीन जनाको पहिरोमा परी निधन भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

काठमाडौं । विगत केही दिनदेखि परेको अत्यधिक वर्षाको कारण भारतमा पहिरोमा परी तीन नेपाली नागरिकको निधन भएको छ ।

हिमाञ्चल प्रदेशमा रोजगारी तथा अन्य सिलसिलामा रहेका नेपाली नागरिकसमेत बाढीबाट प्रभावित भएका एवं पश्चिम रुकुम जिल्लाका एकै परिवारका तीन जनाको पहिरोमा परी निधन भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

निधन भएका नेपाली नागरिकप्रति राजदूतावासले श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । बाढी प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई सहायता तथा समन्वय गर्नको लागि भारत सरकार, हिमाचल प्रदेश सरकार त्यहाँ कार्यरत गैरसरकारी संस्था तथा नेपाली समुदायसँग राजदूतावासले निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।

हालको बाढी पहिरोको प्रभाव कम नहुँदासम्म प्रभावित क्षेत्रमा रहनुभएका सबै नेपाली नागरिकलाई सुरक्षित स्थानमा रहन राजदूतावासले आज विज्ञप्तिमार्फत अनुरोध गरेको छ । भारी वर्षाका कारण कुनै पनि नेपाली नागरिक अप्ठेरो स्थितिमा रहेको जानकारी प्राप्त भएमा राजदूतावासको हटलाइन नं ८९२९६०१९२५ मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

विगत केही दिनदेखि परेको अत्यधिक वर्षाको कारण भारतको उत्तरी क्षेत्र खास गरी हिमाचल प्रदेशको सबैजसो भाग र अन्य राज्यमा समेत बाढी तथा पहिरोमा परी धनजनको क्षति भएको जानकारी प्राप्त भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिए छ । भारतको केन्द्रीय सरकार र राज्य सरकारद्वारा उद्धारका कार्य तीव्र गतिमा सञ्चालन भइरहेको समाचार प्रसारण भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषाको निर्वाचन क्षेत्र नं १ र २ मा त्रिकोणात्मक प्रतिस्पर्धा
धनुषाको निर्वाचन क्षेत्र नं १ र २ मा त्रिकोणात्मक प्रतिस्पर्धा
९ महिने बालीका को हत्या
९ महिने बालीका को हत्या
प्रचण्डको नातिनीको बिहेमा भारतीय प्रधानमन्त्रीको शुभकामना
प्रचण्डको नातिनीको बिहेमा भारतीय प्रधानमन्त्रीको शुभकामना
काँकडभिट्टा–लौकही सडक विस्तार: पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति, १६.५  किलोमिटर कालोपत्रे सम्पन्न
काँकडभिट्टा–लौकही सडक विस्तार: पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति, १६.५ किलोमिटर कालोपत्रे सम्पन्न
सभामुख महरा ल्हासा प्रस्थान
सभामुख महरा ल्हासा प्रस्थान
प्रतिकारमा उत्रने युवा संघ र अनेरास्वबियू काे चेतावनी: हेक्का होस हाम्रो प्रतिरोधि क्षमताको मृत्यु भएको छैन
प्रतिकारमा उत्रने युवा संघ र अनेरास्वबियू काे चेतावनी: हेक्का होस हाम्रो प्रतिरोधि क्षमताको मृत्यु भएको छैन
जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानी गर्न मन्त्री बस्नेतको आग्रह
जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानी गर्न मन्त्री बस्नेतको आग्रह
निर्वाचनलगत्तै नयाँ मन्त्रीको चर्चा, कुन पार्टीबाट को-को छन् सूचिमा
निर्वाचनलगत्तै नयाँ मन्त्रीको चर्चा, कुन पार्टीबाट को-को छन् सूचिमा
Will Latino Mail Order Star of the wedding Fill Your daily life With Completely happy Marriage?
गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी
गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी