सरकार सुशासनमा कसैसँग नझुक्ने : महासचिव पौडेल

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सरकार सुशासनमा कसैसँग नझुक्ने : महासचिव पौडेल

सारांश

  • बुटवल ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्वअर्थमन्त्री बिष्णु पौडेलले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र देशको एकीकृत अस्तित्व अस्वीकर प्रवृत्तिको अन्त्य गर्न वर्तमान सरकार सफल भएको दाबी गरेका छन् ।
  • विखण्डनकारी प्रवृत्तिलाई शान्तिपूर्ण माध्यमबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान अनुरुप सबै व्यवस्था स्वीकार गराउन सफल भएको बताए ।

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्वअर्थमन्त्री बिष्णु पौडेलले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र देशको एकीकृत अस्तित्व अस्वीकर प्रवृत्तिको अन्त्य गर्न वर्तमान सरकार सफल भएको दाबी गरेका छन् ।

विखण्डनकारी प्रवृत्तिलाई शान्तिपूर्ण माध्यमबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान अनुरुप सबै व्यवस्था स्वीकार गराउन सफल भएको बताए ।

महासचिव पौडेलले तत्कालीन नेकपा (एमाले) का कुशल संगठक जीवराज आश्रितको स्मृतिमा बुटवलमा स्थापित जीवराज आश्रित प्रतिष्ठानद्वारा स्थापना गरिएको संग्राहलयको बुटवलमा उद्घाटन गर्दै सरकारले देशलाई समृद्धिको बाटोमा अघि बढ्न सक्षम बनाउँदै लगेको बताए ।

महासचिव पौडेलले शान्ति, विकास र सुशासनका सन्दर्भमा कसैसँग नझुक्ने स्पष्ट पारे । कृषि क्षेत्रको आधुनिकीकरण, औद्योगिकीकरण र बजारीकरणमा वर्तमान सरकारले प्रमुख प्राथमिताका साथ योजना अगाडि बढाएको बताए । महासचिव पौडेलले रुपन्देहीमा सञ्चालित ठूला साना आयोजनाका काम गुणस्तरी र समयमा सम्पन्न गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

जीवराज आश्रित प्रतिष्ठानका संस्थापक अध्यक्ष पूर्वसांसद देवेन्द्र घिमिरेले प्रतिष्ठानको अवस्था र आगामी कार्ययोजना बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?