गाउँपालिका कार्यालयमा तालाबन्दी !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
१५ पटक हेरिएको
Shares

सारांश

  • रुकुम, पश्चिम, १७ असाेज ।
  •  रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ ।
  • खानेपानीको माग गर्दै वडा नं २ बेतखोलाका स्थानीयले आज बिहान गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।

रुकुम, पश्चिम, १७ असाेज । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । खानेपानीको माग गर्दै वडा नं २ बेतखोलाका स्थानीयले आज बिहान गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । विसं २०३९ देखि उपभोग गर्दै आएको पानीको लाइन काटिएको भन्दै बेतखोलाका स्थानीयवासीले आन्दोलन गर्दै आइरहेका छन् । लाइन जोड्न माग गर्दै बेतखोलाका स्थानीयले सोमबारदेखि गाउँपालिका कार्यालय घेराउ गरेकामा माग पूरा नभएपछि कार्यालयमा तालाबन्दी गरेको बताएका छन् । अब गाउँमा खानेपानीको आपूर्ति नियमित नभएसम्म तालाबन्दी नखोल्ने स्थानीय भुपेन्द्र बोहोराले बताए ।

लिखित तथा मौखिक निवेदन र गाउँपालिकामा धर्ना दिँदा पनि माग पूरा नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उहाँको भनाइ छ । गाउँपालिकाले हिजो भएको छलफलमा खानेपानीको आपूर्ति नियमित गरिदिने मौखिक प्रतिबद्धता गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको थियो । तर स्थानीयले भने खानेपानीको आपूर्ति सुचारु नभएसम्मका लागि आन्दोलन फिर्ता नहुने अडान लिँदै गाउँपालिका कार्यालयमै तालाबन्दी गरेका हुन् । वडा नं २ कै चिन्छरे टोलका स्थानीयले बेतखोलामा आएको पाइप काटेर खानेपानीको आपूर्ति बन्द गरिदिएको बेतखोलाका स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

९३ निर्माण कम्पनीलाई कालोसुचीमा!
९३ निर्माण कम्पनीलाई कालोसुचीमा!
संविधान कार्यान्वयनका लागि कानून निर्माण मुख्य विषय : सभामुख महरा
संविधान कार्यान्वयनका लागि कानून निर्माण मुख्य विषय : सभामुख महरा
मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह
मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह
यस्तो बन्यो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् (सूचीसहित)
यस्तो बन्यो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् (सूचीसहित)
केरुङमा दुई महिनादेखि पाँच सय कन्टेनर रोकिए, लाखौंका सामान कुहिँदै
नेपालको विकासका लागि युएई सहयोग गर्न इच्छुक: राजदुत सइद
नेपालको विकासका लागि युएई सहयोग गर्न इच्छुक: राजदुत सइद
चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्रीबीचको भेटवार्तापछि उच्चस्तरीय वार्ता सुरु
चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्रीबीचको भेटवार्तापछि उच्चस्तरीय वार्ता सुरु
आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन सम्भव छः प्रचण्ड
आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन सम्भव छः प्रचण्ड
जुकरबर्ग दोस्रो सन्तानका लागि प्रतिक्षा
जुकरबर्ग दोस्रो सन्तानका लागि प्रतिक्षा
जुलिअन असान्जलाई बलात्कारको मुद्दामा पक्राउ गर्न स्वीडेनद्वार अस्वीकार
जुलिअन असान्जलाई बलात्कारको मुद्दामा पक्राउ गर्न स्वीडेनद्वार अस्वीकार

तपाईंले छुटाउनुभयो कि?