सैनिक विश्वविद्यालयमा आतंककारी आक्रमणमा ५ जनाको मृत्यु
सारांश
- काबुल, १५ माघ ।
- अफगानिस्तानको राजधानी काबुलमा एक सैनिक विश्वविद्यालयमा आतङ्ककारी आक्रमण हुँदा ५ जनाको मृत्यु भएको छ ।
- मृत्यु हुनेहरुमा ३ जना आतंककारी र २ अन्य रहेका छन् ।
काबुल, १५ माघ । अफगानिस्तानको राजधानी काबुलमा एक सैनिक विश्वविद्यालयमा आतङ्ककारी आक्रमण हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ३ जना आतंककारी र २ अन्य रहेका छन् ।
पाँच जनाको समूहमा आएका आतङ्ककारीले स्थानीय समायअनुसार सोमबार बिहान ५ बजे “मार्सल फहिम नेसनल डिफेन्स युनिभर्सिटी” मा विस्फोटक पदार्थ हान्नुको साथै गोलाबारी सुरु गरेका थिए । त्यसपछि सैनिकले गरेको जवाफी कारबाहीमा तीन आतङ्ककारीसहित पाँचको मृत्यु भएको हो । यस आक्रमणमा परी १० सुरक्षा अधिकारी र तीन आतङ्ककारी घाइते भएका छन् । मारिनेहरुको शनाखत हुन सकेको छै न।
स्थानीय समायाअनुसार सोमबार बिहान ५ बजे सैन्य विश्वविद्यालयमा आतङ्ककारी आक्रमण भएको प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै सिन्ह्वा समाचार समितिले जनाएको छ । राजधानी काबुलमा पछिल्लो समयमा हरेक दिनजसो यस्ता हिंसात्मक हमलाहरु भएका छन् । तर यसअघि भएको एम्बुलेन्स बम हमला र आज विश्वविद्यालयमा नै हमला भएकोले यसबाट भने चिन्ता बढेको बताइएको छ ।
गत शनिबार पनि अफगानिस्तानको राजधानी काबुलमा भएको भीषण आतङ्ककारी हमलामा १०३ को मृत्यु हुनुको साथै २३५ घाइते भएका थिए । यसको दुई दिनपछि नै अर्को भीषण आक्रमण भएको छ । एम्बुलेन्समा बम राखेर गरिएको सो आक्रमणमा परी कम्तिमा पनि १०० जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया