एक महिने गुँला पर्व अाज देखि सुरु !

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
५६ पटक हेरिएको
Shares
एक महिने गुँला पर्व अाज देखि सुरु !

सारांश

  • काठमाडौँ, २७ साउन ।
  • स्वयम्भूमा बुद्धको प्रार्थना गरी मनाइने एकमहीने गुँला पर्व आजदेखि शुरु भएको छ ।
  • गुँलाथ्व पारु (शुक्ल पक्षको प्रतिपदा) देखि शुरु भई यँलाथ्व पारुका दिन गुँला पर्व विधिवत् समापन हुन्छ ।

काठमाडौँ, २७ साउन । स्वयम्भूमा बुद्धको प्रार्थना गरी मनाइने एकमहीने गुँला पर्व आजदेखि शुरु भएको छ । गुँलाथ्व पारु (शुक्ल पक्षको प्रतिपदा) देखि शुरु भई यँलाथ्व पारुका दिन गुँला पर्व विधिवत् समापन हुन्छ । गुणले भरिपूर्ण महीना भएकाले यस पर्वलाई गुँला भनिएको हो । कसै कसैले नवौँ महीनामा आउने पर्व भएकाले गुँला भएको तर्क दिन्छन् । काठमाडौँका विभिन्न टोलटोलबाट मानन्धर, ताम्राकार, तुलाधर आदि जातिका बौद्ध धर्मावलम्बी विभिन्न समूह बनाई बाजागाजाका साथ बिहान सबेरै स्वयम्भू परिक्रमा गरी बुद्धको दर्शन गरेर फर्किने चलन छ ।

यसरी स्वयम्भूको परिक्रमा गर्दा विशेषगरी प्राचीन बुद्ध भजन ‘जय नमो श्रीबुद्ध भगवान् लुम्बिनी बनस विज्यात…’ भन्नेलगायत अन्य बुद्ध भजन गाइने प्रचलन छ । भक्तजन बिहान ४ बजे जम्मा भई नेवारी बाजा बजाउँदै स्वयम्भू पुग्ने र बिहान ७ बजेभित्र फर्किन्छन् । नेवारी भाषामा ‘गुँ’ को अर्थ जंगल र ‘ला’ को अर्थ महीना हो । बुद्धधर्ममा जंगलमा भएको अन्धकारलाई शिक्षा अर्थात् बुद्धको उपदेशले उज्यालो बाटो देखाउने भएकाले गुँला भनिएको बौद्धविद्वान् राजेन्द्रमान बज्राचार्यले बताए । यस महीनाभित्र नेवार समुदायले पाटनमा यल पञ्च दाँ, वैद्य ब्वय्गु, गुँपुन्ही, शिलु मेला, कृष्ण पक्षको १५ दिनमा वैद्य स्ववनेगु र मतयाः तथा काठमाडौँमा येँ पञ्च दाँ, बौया ख्वा स्वयगु आदि पर्व मनाउने गर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहाल र एमाले सचिव भट्टबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र एमाले सचिव भट्टबीच भेटवार्ता
माओवादी केन्द्र पोखरा–लेखनाथ महानगर समितिको अध्यक्षमा लामिछाने
माओवादी केन्द्र पोखरा–लेखनाथ महानगर समितिको अध्यक्षमा लामिछाने
आज ३० गते विहिबारको राशीफल यस्तो छ, थाहा पाउनुस् राशीले के भन्छ आज ?
पत्रकार नै नक्कली धन्दामाः  यसरी परे तिमिल्सिना प्रहरीको फन्दामा
पत्रकार नै नक्कली धन्दामाः यसरी परे तिमिल्सिना प्रहरीको फन्दामा
एक हजार भन्दा कम मत अन्तरले हार्ने चर्चित नेताहरु !
एक हजार भन्दा कम मत अन्तरले हार्ने चर्चित नेताहरु !
टीकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीलाई सरकारले दियो १ करोड ७४ लाख !
टीकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीलाई सरकारले दियो १ करोड ७४ लाख !
यी हुन् बिआरआई फ्रेमवर्क भित्र परेका १० आयोजना
यी हुन् बिआरआई फ्रेमवर्क भित्र परेका १० आयोजना
एनजिओको २० अर्ब रुपैयाँबारे सरकारलाई थाहै छैन
एनजिओको २० अर्ब रुपैयाँबारे सरकारलाई थाहै छैन
चिनियाँ राष्ट्रपतिबाट नेपाल आउने आश्वासन…
चिनियाँ राष्ट्रपतिबाट नेपाल आउने आश्वासन…
विप्लवका नेतालाई राज्यविरुद्ध अपराधमा मुद्दा, आजीवन कैद हुन सक्ने
विप्लवका नेतालाई राज्यविरुद्ध अपराधमा मुद्दा, आजीवन कैद हुन सक्ने