सिंगापुरद्धारा पाँच अर्ब डलरभन्दा बढीको राहात प्याकेज घोषणा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २, २०७७
|
|
३२ पटक हेरिएको
Shares
सिंगापुरद्धारा पाँच अर्ब डलरभन्दा बढीको राहात प्याकेज घोषणा

सारांश

  • सिंगापुरले कारोना भाइरसका कारण ह्रास भएको अर्थतन्त्रमा सुधार ल्याउनका लागि भन्दै ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको राहात प्याकेजको घोषणा गरेको छ ।
  • सिंगापुरका प्रधानमन्त्रीले गत मार्च महिनाबाट नै सुरु गरेको सो प्याकेजबारेमा मंगलबार जानकारी दिइएको समाचारमा जनाइएको छ ।
  • साउथ चाइना मर्निङ पोष्टले जनाएअनुसार सिंगापुरमा ह्रास भएको अर्थतन्त्रको सुधारका लागि भन्दै सरकारले घोषणा गरेको यो आर्थिक प्याकेजको कार्यक्रम आगामी मार्च महिनासम्मका लागि भएको बताएको छ ।

सिंगापुरले कारोना भाइरसका कारण ह्रास भएको अर्थतन्त्रमा सुधार ल्याउनका लागि भन्दै ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको राहात प्याकेजको घोषणा गरेको छ ।

सिंगापुरका प्रधानमन्त्रीले गत मार्च महिनाबाट नै सुरु गरेको सो प्याकेजबारेमा मंगलबार जानकारी दिइएको समाचारमा जनाइएको छ ।

साउथ चाइना मर्निङ पोष्टले जनाएअनुसार सिंगापुरमा ह्रास भएको अर्थतन्त्रको सुधारका लागि भन्दै सरकारले घोषणा गरेको यो आर्थिक प्याकेजको कार्यक्रम आगामी मार्च महिनासम्मका लागि भएको बताएको छ ।

सिंगापुरका उपप्रधानमन्त्री तथा अर्थमन्त्री हङ स्वी कायतले यो आर्थिक प्याकेजले कम्पनीहरुलाई आफ्ना आर्थिक क्रियाकलापकहरु गर्न तथा रोजगारमा असर परेका नागरिकलाई पुनः काममा बोलाउन पनि सहयोग पुग्न सक्ने अपेक्षा गरिएको बताए ।

साउथ चाइना मर्निङ पोष्टले दिएको जानकारी अनुसार यहाँको पछिल्लो समयको बेरोजगार दरमा पनि बृद्धि भएको देखिएको छ ।

पछिल्लो महिना २.९ प्रतिशतमा बेरोजगार दर पुगेको छ । यो दर यसै वर्षको जनवरी देखि मार्चसम्मको भन्दा धेरै हो । त्यस अवधिमा यहाँको बेरोजगार दर २.४ प्रतिशत मात्र थियो ।

उपप्रधानमन्त्री कायतले सिंगापुर सरकारले यो राहातको कार्यक्रम मार्च महिनादेखि शुरु भएर आगामी वर्षको मार्च सम्मका लागि गरेको हो ।यस अवधिमा आर्थिक क्रियाकलापकरुलाई चलायमान बनाउन र उद्योग तथा कारखानाहरुमा गुमेका रोजगारीहरु पनि पुनस्र्थापना गर्न देशका उद्योग सञ्चालकहरुले पनि यो कोषको उपयोग गर्न सक्नेछन् ।

यो रकम हवाई उड्डयनका साथै पर्यटन क्षेत्र र मजदुरहरुको ज्याला आदिका लागि पनि उपलब्ध गराइने उनले बताए ।विश्वको अर्थतन्त्रमा कोरोना भाइरसको महामारीले असर गरेसँगै यसको प्रभाव सिंगापुरमा पनि परेको छ । अर्थतन्त्रलाई ध्वस्त हुन नदिन सरकारले यो प्रस्ताव गरेको बताइएको छ ।(एएनआई)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?