प्रदेश एकमा २ पदका लागि चुनाव, २४ जना निर्विरोध

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १६ माघ- राष्ट्रिय सभाका सदस्यका लागि प्रदेश नम्बर १ मा जम्मा दुई पदका लागि चुनाव हुने भएको छ ।
  • अन्य ६ जना निर्विरोध निर्वाचित भएका कारण दलित एकजना र अपाङ्गता भएका वा अल्पसङ्ख्यकबाट एकजना गरी जम्मा २ पदका लागि बढी मतीय आधारम निर्वाचन हुने भएको आयोगले जनाएको छ ।
  • प्रदेश १ मा महिला ३ जना, अन्य ३ जना गरी ६ जना उम्मेदवार निविरोध निर्वाचित भएका छन् ।

काठमाडौं, १६ माघ- राष्ट्रिय सभाका सदस्यका लागि प्रदेश नम्बर १ मा जम्मा दुई पदका लागि चुनाव हुने भएको छ । अन्य ६ जना निर्विरोध निर्वाचित भएका कारण दलित एकजना र अपाङ्गता भएका वा अल्पसङ्ख्यकबाट एकजना गरी जम्मा २ पदका लागि बढी मतीय आधारम निर्वाचन हुने भएको आयोगले जनाएको छ ।

प्रदेश १ मा महिला ३ जना, अन्य ३ जना गरी ६ जना उम्मेदवार निविरोध निर्वाचित भएका छन् । सात प्रदेशमा ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । निर्वाचन आयोगका अनुसार २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भैसकेका छन् ।

राष्ट्रिय सभाका सदस्यका लागि निर्वाचन अधिकृतहरुको कार्यालयले आयोगलाई गराएको जानकारी अनुसार, कुल ५६ पदका लागि हुन लागेको निर्वाचनमा २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेश २ मा ८ वटै पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । प्रदेश ३ मा ८ वटै पदमा मतदान हुने भएको छ ।

प्रदेश ४ मा अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएकाले अन्य ७ पदमा निर्वाचन हुनेछ । प्रदेश ५ मा महिला ३ पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भैसकेका छन् । अब अन्य ३, दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ गरी जम्मा ५ पदमा निर्वाचन हुने भएको छ ।

त्यस्तै, प्रदेश ६ मा सबै पदमा निर्वाचन हुँदैछ भने, प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ पदमा उम्मेदवारहरू निर्विरोध भएकाले अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ गरी जम्मा २ पदमा निर्वाचन हुने भएको छ ।

माघ २४ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन चिह्न पाएसँगै उम्मेदवारहरूबाट निर्वाचन प्रचारप्रसार सुरु भैसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?