यी महिला सैनिक साँच्चै भारतीय हुन्? वास्ताविकता यस्तो
सारांश
- बीबीसी।
- यस्ता केही तस्वीर जसमा भारतीय सैनिक विषम परिस्थितिमा काम गरिरहेको दाबी गरिएको छ र यी तस्वीर सामाजिक संजालमा निकै भाइरल भइरहेका छन्।
- ट््िवटर र इन्स्टाग्रामसहित फेसबुकमामा यस्ता कयौं पेज छन् जसमा यी तस्वीर शेयर गरिएको छ।
बीबीसी। यस्ता केही तस्वीर जसमा भारतीय सैनिक विषम परिस्थितिमा काम गरिरहेको दाबी गरिएको छ र यी तस्वीर सामाजिक संजालमा निकै भाइरल भइरहेका छन्।
ट््िवटर र इन्स्टाग्रामसहित फेसबुकमामा यस्ता कयौं पेज छन् जसमा यी तस्वीर शेयर गरिएको छ। यो तस्वीरलाई वास्तविक ठानेर अभिनेत्री श्रद्धा कपुर र सांसद किरण खेरजस्ता कालाकारसमेतले पनि यी तस्वीर शेयर गरेका छन्।
भारतीय सेनाले विषम परिस्थितिमा पनि आफ्नो कर्तव्य निर्वाह गरेको कुरामा कुनै शंका छैन। विश्वको सबैभन्दा मुश्किल युद्धस्थल भनिने सियाचीन ग्लेशिरमा पनि भारतीय सेना तैनाथ छन्।
१३, ००० देखि २२, ००० फिट उचाइमा अवस्थित यो ग्लेशियरमा चिसोले कठांग्रिएर केही सैनिकको निधन पनि भइसकेको छ।
तर जुन तस्वीर हामी कुरा गरिरहेका छौं, ती भारतीय सैनिकको तस्वीर होइन। बीबीसीले आफ्नो खोजमा केही विदेशी सेनाको तस्वीरलाई भारतीय सैनिकको भनेर समाजिक संजालमा शेयर गरिएको पत्ता लगाएको छ।
यी तस्वीरसँग जे लेखिएको छ, त्यसलाई देखेर के लाग्छ भने सामाजिक संजालमा धेरै भन्दा धेरै लाइक र शेयर पाउनकालागि थाहा पाएरै गलत सूचना तस्वीरमा लेखेर शेयर गरेको पाइयोको छ।
दाबी
यी फिल्मकी होरोइन भन्दा कम छैनन् पाकिस्तान बोर्डरमा तैनाथ भारतकी जवान युवती। यसमा जय हिन्द लेख्न कन्ज्युस्याई नगर्नु होला।
हातमा स्वचालिक राइफल लिएर उभिएका यी दुई महिला सैनिकको तस्वीर सामाजिक संजालमा निकै शेयर भइरहेको छ।
यो तस्वीरको दाहिनेतर्फ उभिएकी महिला सैनिकको काँधमा भारतीय झण्डा जस्तै देखिने झण्डा पनि देखिन्छ।
वास्तविकता
सामाजिक संजालमा भाइरल भइरहेको यो तस्वीर वास्तवमा कुर्दिस्तानको पेशर्मा फोर्सकी महिला फाइटर्सको हो।
कुर्द सेनाले यी महिला फाइटर्सलाई चरमपन्थी संगठन आईएसआईएसका लडाकुसँग टक्कर लिन तयार गरिएको हो।


प्रतिक्रिया