अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए
सारांश
- काठमाडाैं।
- अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला परेका छन्।
- ३१ वर्षीय ताम्राकार काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा बिहीबार साँझ मृत भेटिएका हुन्।
काठमाडाैं। अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला परेका छन्। ३१ वर्षीय ताम्राकार काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा बिहीबार साँझ मृत भेटिएका हुन्।
उनी बिहीबार राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएकाे छ।
उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ। उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ। कलाकार तथा फिल्म इन्डस्ट्रिजहरूले सारुकप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
सारुकले ‘इन्टु मिन्टु लन्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’लगायत फिल्ममा अभिनय गरेका छन्। हाल छायांकन भइरहेको ‘ह्यासट्याग माया’ अभिनय गरिरहेका उनी अपरान्ह सुटिङबाट घर फर्किएको बताइएको छ। सारुक पाका अभिनेता सानु ताम्राकारका छोरा हुन्।
प्रतिक्रिया