ओम्नीलाई कालोसूचिमा राख्ने निर्णय कायान्वयन नगर्न आदेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १३, २०७७
|
|
२० पटक हेरिएको
Shares
ओम्नीलाई कालोसूचिमा राख्ने निर्णय कायान्वयन नगर्न आदेश

सारांश

  • सर्वोच्च अदालतले ओबिसिआई प्राइभेट लिमिटेड (ओम्नी) लाई सार्वजनिक अनुगमन खरीद कार्यालयबाट भएको कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
  • न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ओम्नीलाई कालोसूचीमा राख्ने निर्णयको कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
  • इजलासले यही असोज २२ गतेसम्मका लागि अन्तरिम आदेश जारी गर्दै सोही दिन दुवैपक्षलाई छलफलका लागि बोलाएको छ ।

सर्वोच्च अदालतले ओबिसिआई प्राइभेट लिमिटेड (ओम्नी) लाई सार्वजनिक अनुगमन खरीद कार्यालयबाट भएको कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ओम्नीलाई कालोसूचीमा राख्ने निर्णयको कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

इजलासले यही असोज २२ गतेसम्मका लागि अन्तरिम आदेश जारी गर्दै सोही दिन दुवैपक्षलाई छलफलका लागि बोलाएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशव्यापी बन्दाबन्दी गर्नुअघि नै सरकारले आवश्यक सामग्री खरीदका लागि स्वास्थ्य सेवा विभागले नियमित बोलपत्र आह्वान गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनमा स्वास्थ्य सेवा विभागले चैत १४ गते ओम्नीसँग सामान खरीद गर्ने सम्झौता गरेको र बजार मूल्यभन्दा निकै महँगो र गुणस्तरहीन सामग्री ल्याएको भनी विरोध भएको थियो । चौतर्फी विरोध भएपछि विभागको सिफारिसमा सार्वजनिक अनुगमन खरीद कार्यालयले ओम्नीलाई तोकिएको मापदण्डअनुसार स्वास्थ्य सामग्री खरीद नगरेको उल्लेख गर्र्दै गत भदौ २९ गते एक वर्षसम्मका लागि कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।

ओम्नीका सञ्चालक पारस केसीले ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय बदर गर्न माग गर्दै यही असोज ९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएको हो । सरकारले भने गत चैत १९ गते नै ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बदलिँदो शक्ति सन्तुलन: रास्वपाभित्रको नयाँ समीकरण ​वैकल्पिक राजनीतिमा नेतृत्वको संकट कि कार्यविभाजन?
बदलिँदो शक्ति सन्तुलन: रास्वपाभित्रको नयाँ समीकरण ​वैकल्पिक राजनीतिमा नेतृत्वको संकट कि कार्यविभाजन?
कांग्रेस नेता गच्छदाद्वारा प्रधानमन्त्रीको राजीनामा माग
कांग्रेस नेता गच्छदाद्वारा प्रधानमन्त्रीको राजीनामा माग
गृह मन्त्रालयलाई सर्वोच्चको परमादेश: नेपाली आमाका सन्तानलाई ‘अंगीकृत’
गृह मन्त्रालयलाई सर्वोच्चको परमादेश: नेपाली आमाका सन्तानलाई ‘अंगीकृत’
नयाँ दिल्लीमा आरजु राणा
नयाँ दिल्लीमा आरजु राणा
निर्वाचनपछि प्रतिनिसभाको बैठक आज बस्दै
निर्वाचनपछि प्रतिनिसभाको बैठक आज बस्दै
सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति
सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति
चुनावको समयमा मात्र जनताको घरमा पुग्नेलाई भोट किन दिने – छन्द पहराई
चुनावको समयमा मात्र जनताको घरमा पुग्नेलाई भोट किन दिने – छन्द पहराई
दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय
दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय
न्यायाधीश कार्की इजलाशबाट बाहिरिएपछि बालुवाटार असन्तुष्ट
न्यायाधीश कार्की इजलाशबाट बाहिरिएपछि बालुवाटार असन्तुष्ट
यातायात व्यवसायीले सरकारलाई समर्थन गर्दै आफै गरे कामकाज बन्द
यातायात व्यवसायीले सरकारलाई समर्थन गर्दै आफै गरे कामकाज बन्द

तपाईंले छुटाउनुभयो कि?