अव नेपाली चलचित्रमा नाका

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०७४
|
|
५३८ पटक हेरिएको
Shares
अव नेपाली चलचित्रमा नाका

सारांश

  • ११ बैशाख २०७४ मिडियापोर्टको प्राङ्गण, जय बागेश्वरीमाभएको पत्रकार भेटघाटमा “नाका” नेपालीकथानकचलचित्रले आफ्नो औपचारिक घोषणा गरेको छ ।
  • मिडियापोर्टको प्रस्तुति र हाइलाइट्स नेपालको सहकार्यमाबन्नलागेको “नाका”यहीबाट फ्लोर जाने तयारीमा छ ।
  • यसको सुटिङ्ग अवधि ३१ दिनको रहनेछ निर्माण पक्षले जानकारी दिएको छ  ।

११ बैशाख २०७४
मिडियापोर्टको प्राङ्गण, जय बागेश्वरीमाभएको पत्रकार भेटघाटमा “नाका” नेपालीकथानकचलचित्रले आफ्नो औपचारिक घोषणा गरेको छ ।
मिडियापोर्टको प्रस्तुति र हाइलाइट्स नेपालको सहकार्यमाबन्नलागेको “नाका”यहीबाट फ्लोर जाने तयारीमा छ । यसको सुटिङ्ग अवधि ३१ दिनको रहनेछ निर्माण पक्षले जानकारी दिएको छ  ।
नेपाल—चीनसिमाना क्षेत्र र बाह्रबिसेमा छायाङ्कनगरिने यो चलचित्रसोही“नाका” वरपर हुने विभिन्न सुन तस्करी, रक्तचन्दनतस्करी, बहुमुल्यधातुहरुको तस्करी गर्ने गिरोहहरु मध्ये, कुनै गिरोहको सेरोफेरोमा घुमेको छ ।
सोनाम एउटा २२ वर्षकीतिब्बतीनागरिक (सान्जोर) आफ्नो भगवानदलाई लामाको शरणमा पुग्नचाइना—तिब्बतसिमाना क्षेत्रबाट ज्यानजोगाई नेपालको सिन्धुपाल्चोक सिमाना क्षेत्र भित्रअवैध रुपले प्रवेश गर्छिन । गोल्डि (२९) बाह्रबिसेको लोकल केटाले आफ्नो पहिचानबनाउन र पैसा कमाउन संघर्ष गरिरहेको हुन्छ । उसले लाटा बब (४५) नामचलेको तस्करबाट सोनामलाई काठमाडौं पु¥याउने कामहात पार्छ । एक अर्काको भाषानबुझ्ने, यीदुईको यात्रा सफल हुन्छ किहुदैन भन्ने कुरा यस चलचित्रमा चित्रण गरिएको छ |
यस चलचित्रमा कलाकारहरु:-विपिनकार्की,थिन्ले ल्हामो,रवीनतामाङ्ग,रामभजनकामत,सजनथापा मगर ,प्रकाशगन्धर्व,शिवमुखिया,घनश्याम  जोशी र  प्रोडक्सन टिमव्यवस्थापन संयोजक  समर रानाभाट, जीवन र विपिनको रहने छ | वेषभुषा  सुजन र रन्जीत, मेकअप  दोर्जे छन्त्यालको रहने छ | प्रोडक्सन डिजाईन  सजन थापा मगरको रहने छ | सहायकनिर्देशन  सफल के.सी., अर्जुन कार्की, अम्बित खड्गी, रुरु पोखरेलको रहने छ| पटकथा  अर्जुन कार्की र लेखन  अभिषेक सुवेदीको रहेकोछ |कथा÷निर्देशन  अमितश्रेष्ठको कार्यकारी निर्माता  ओम गुरुङ्ग र राजकुमार लामिछाने छन् भने प्रवीण टक्की कार्की को निर्माणमा मिडियापोर्टको प्रस्तुति र हाइलाइट्स नेपालको सहकार्यमा तयार हुँदैछ |

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?