रसुवामा १६ वर्षीया बालिका बलात्कृत

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
३६ पटक हेरिएको
Shares
रसुवामा १६ वर्षीया बालिका बलात्कृत

सारांश

  • रसुवा ।
  •  १६ वर्षीया एक बालिका बलात्कृत भएकि छिन् ।
  • सदरमुकाम धुन्चेबाट टिमुरे जाने क्रममा शनिबार साँझ बालिका बलात्कृत भएकी हुन् ।

रसुवा । १६ वर्षीया एक बालिका बलात्कृत भएकि छिन् । सदरमुकाम धुन्चेबाट टिमुरे जाने क्रममा शनिबार साँझ बालिका बलात्कृत भएकी हुन् ।

बालिका बलात्कार गरेको आरोपमा बा ४ ख ४३२ नम्बरको आईचर गाडिसहित तीन जनालाई टिमुरेबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका ६ का १९ बर्षिय दिपक खतिवडा, विदुर नगरपालिका ४ बस्ने २५ बर्षिय संजिब कुमार गुप्ता र सोहि स्थानका २२ बर्षिय राजकुमार श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरिक्षक रन्जन अवाका अनुसार रसुवाको सदरमुकाम धुन्चेबाट टिमुरे जाँदै गरेको बा ४ ख ४३२ नम्बरको आइचर गाडीमा लिफ्ट मागेर गएकी बालिकालाई गोसाईकुण्ड गाउँपालिका ५ याङयाङ खोलामा पुगेपछि गाडीभित्रै बलात्कार भएको हो । गाडी रोकेर गाडी पछाडि सामान राखिएको ठाउँमा लगेर बलत्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । आईचर गाडि सहित पक्राउ गरिएका तिन जना माथी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अवाले बताउनुभयो ।

देशभर बलात्कारका घटना घटीरहदाँ रसुवामा चालु आर्थिक वर्षको साउनदेखि हालसम्म बलत्कार तथा बलत्कारको प्रयासका तीनवटा घटना भएको प्रहरीको तथ्याङ्क छ । उक्त घटनाका पिडकलाई अनुसन्धान पश्चात पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?