डाक्टरहरु हड्तालमा, स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द
सारांश
- काठमाडौं ।
- भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याइएको मुलुकी अपराध संहिताका केही बुँदा संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आजदेखि हड्ताल शुरु गरेका छन् ।
- अपराध संहितामा भएका विवादित दफा, उपदफा संशोधन गर्ने प्रतिवद्धता सरकारले गरे पनि अहिलेसम्म नगरिएको भन्दै देशभरका स्वास्थ्य सेवा बन्द गर्ने बताएको छ ।
काठमाडौं । भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याइएको मुलुकी अपराध संहिताका केही बुँदा संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आजदेखि हड्ताल शुरु गरेका छन् ।
अपराध संहितामा भएका विवादित दफा, उपदफा संशोधन गर्ने प्रतिवद्धता सरकारले गरे पनि अहिलेसम्म नगरिएको भन्दै देशभरका स्वास्थ्य सेवा बन्द गर्ने बताएको छ ।
भदौ १५ सम्म संशोधन प्रक्रियाका लागि कुनै कदम नचालेको भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरेको विज्ञप्तिमा जनाएको छ ।
संघले आजका लागि सांकेतिक हड्तालस्वरुप देशैभरिका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक बाहेक स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा दिउसो १२ बजे माइतीघर मण्डलामा एप्रोनसहित विरोध गर्ने कार्यक्रम तय भएको महासचिव डा। लोचन कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जिल्ला शाखाले सम्बन्धित जिल्लाको प्रशासन कार्यालयमा विरोध गर्ने बताएका छन् ।
महासचिव कार्कीले हस्ताक्षर गरेको विज्ञप्तिमा सोमबार देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द गर्ने, मंगलबार आकस्मिकबाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना गर्ने कार्य बन्द गर्ने, बुधबारदेखि आकस्मिकबाहेकका अन्य शल्यक्रिया बन्द गर्ने, बिहीबारदेखि आकस्मिकबाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने र शुक्रबारदेखि आकस्मिकबाहेकका ओपिडीलगायतका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने उल्लेख छ।
प्रतिक्रिया