अन्ततः शंकर पोखरेल मुख्यमन्त्री बन्ने पक्का, बाँकी प्रदेशमा को–को ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
अन्ततः शंकर पोखरेल मुख्यमन्त्री बन्ने पक्का, बाँकी प्रदेशमा को–को ?

सारांश

  • काठमाडौं,  माघ १७ ।
  •   प्रदेश नम्बर ५ बाट नेकपा एमाले नेता शंकर पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।
  • एमाले स्थायी कमिटी बैठकले प्रदेश संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने निर्णय गरेपछि पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।

काठमाडौं,  माघ १७ ।  प्रदेश नम्बर ५ बाट नेकपा एमाले नेता शंकर पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ । एमाले स्थायी कमिटी बैठकले प्रदेश संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने निर्णय गरेपछि पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।

एमाले ५ नम्बर प्रदेशको संसदीय दलको बैठकले सर्वसम्मत रुपमा यसअघि नै पोखरेललाई संसदीय दलको नेताका रुपमा चयन गरिसकेको छ ।

मुख्यमन्त्रीमा माओवादी केन्द्रसँग भएको भागबण्डा सहमतिअनुसार ४ प्रदेशमा एमालेले सरकार बनाउने छ । एमाले उपाध्यक्ष गौतमले मंगलबारको स्थायी कमिटी बैठकले प्रदेश नम्बर १,३, ४ र ५ मा संसदीय दलको नेता चयन हुने नै मुख्यमन्त्री बन्ने निर्णय गरेको बताए ।

एमाले प्रदेश नम्बर ५ को संसदीय दलको नेतामा नेता शंकर पोखरेल यसअघि नै चयन भइसकेकाले उनी मुख्यमन्त्री बन्ने पक्का भएको हो । तर, प्रदेश नम्बर १, ३ र ४ मा संसदीय दलको नेता चयन हुन नसक्दा को मुख्यमन्त्री बन्ने भन्नेमा टुंगो लागेको छैन ।

प्रदेश नम्बर ५ मा जम्मा ८७ सिटमध्ये एमाले एक्लैले ४१ सिट जितेको छ । माओवादीले जितेको २० सिट थपिँदा गठबन्धनको ६१ सिटसहित भारी बहुमत पुग्ने भएकाले पोखरेल मुख्यमन्त्री बन्ने निश्चित बनेको हो ।

कुन प्रदेशमा को आकांक्षी ?
प्रदेश नम्बर २ मा मधेसी गठबन्धनको सरकार बन्ने निश्चित रहँदा बाँकी प्रदेशमा भने वाम गठबन्धनको सरकार बन्नेछ । जसमा प्रदेश नम्बर ६ र ७ मा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकारको गठन हुनेछ । तर आकांक्षी धेरै हुँदा ५ नम्बर प्रदेशमा बाहेक अरु प्रदेशमा कसको नेतृत्व हुने भन्नेमा टुंगो लाग्न सकेको छैन ।

प्रदेश नम्बर १ मा एमालेको नेतृत्व हुने सहमति भएपनि दुई जना आकांक्षी रहेका छन् । नेता शेरधन राई र भीम आचार्य मुख्यमन्त्रीको आकांक्षी रहेका छन् ।

यस्तै प्रदेश नम्बर २ मा मधेसी गठबन्धनका ५ जना आकांक्षी रहेका छन् । संघीय समाजवादी फोरमका विजय यादव , लालबाबु रावत र शैलेश शाह तथा राजपाबाट जीतेन्द्र सोनल र मनिष सुमन दाबेदार छन् ।

यसैगरी प्रदेश नम्बर तीनबाट एमाले नेताद्वय अष्ठलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे मुख्य आकांक्षी रहेका छन् । यसो त सानुकुमार श्रेष्ठ तथा केशब स्थापित समेतले मुख्यमन्त्रीमा आकांक्षा देखाएका छन् ।

प्रदेश नम्बर ४ बाट एमाले नेता पृथ्वीशुब्बा गुरुङ तथा किरण गुरुङ आकांक्षी रहेका छन् भने प्रदेश नम्बर ६ बाट माओवादी केन्द्रका महेन्द्र बहादुर शाही र नरेश भण्डारी मुख्यमन्त्रीका दाबेदार छन् ।

यसैगरी प्रदेश नम्बर ७ बाट माओवादी केन्द्रकै वीरमान चौधरी र झपट बोहरा रहेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ujwol Bogati

    Sadai vanda parmukh ajenda sima rakchha bata nai suru garnu huna mero anurod.badhai xa.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?