आलु भित्रै रात विताउने विचार छ कि ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १०, २०७६
|
|
२० पटक हेरिएको
Shares
आलु भित्रै रात विताउने विचार छ कि ?

सारांश

  • यो हो ६ टनको आलु जसको भित्र होटल बनाइएको छ ।
  • यदि आलुभित्र रात बिताउन चाहनुहुन्छ भने त्यो सपना पनि तपाईको सफल हुनेछ ।
  • हो, अमेरिकाको इदाहो राज्यमा यस्तै आलुको भित्र होटल बनाइएको छ ।

यो हो ६ टनको आलु जसको भित्र होटल बनाइएको छ । यदि आलुभित्र रात बिताउन चाहनुहुन्छ भने त्यो सपना पनि तपाईको सफल हुनेछ । हो, अमेरिकाको इदाहो राज्यमा यस्तै आलुको भित्र होटल बनाइएको छ । किसानहरूलाई जागरण ल्याउनका लागि यस किसिमको आलु बनाइएको हो । उक्त कृत्रिम आलु कंक्रिट, स्टिल र प्लास्टरले निर्माण गरिएको छ ।

यो सामान्य आलु नभएर ६ टनको आलु हो । यसभित्र रात बिताउन २४७ डलर बुझाउनुपर्ने हुन्छ । यसभित्र राम्रो इन्टेरियर डिजाइन गरिएको छ । यहाँ दुई जना व्यक्ति राम्रोसँग सुत्न सक्छन् । यसभित्र एउटा सानो बाथरुम र किचेन समेत बनाइएको छ । गर्मी महसुस नहोस् भनेर एयरकण्डिशनर समेत लगाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?