धनुषामा टिपर दुर्घटनाः दुईजनाको घटनास्थलमै मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २१, २०७४
|
|
२३ पटक हेरिएको
Shares
धनुषामा टिपर दुर्घटनाः दुईजनाको घटनास्थलमै मृत्यु

सारांश

  • धनुषा, २१ माघ ।
  • धनुषामा गए राति भएको टिपर दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ना.

धनुषा, २१ माघ । धनुषामा गए राति भएको टिपर दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ना.७ख ३२२६ नंको टिपर गए राति साढे ११ बजे जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटना परेर मृत्यु हुनेमा टिपर चालक धनुषाको लक्ष्मीनिया गाउँपालिका सपही बस्ने उदयकुमार शर्मा र सहचालक मिथिला नगरपालिकाको नक्टाझिझ बस्ने सञ्जय पासमान रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार टिपर पल्टिँदा दुवै जनाको च्यापिएर घटनास्थलमा नै मृत्यु भएको हो । मृतक दुवैको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । दुर्घटना भएको ढल्केवर–जनकपुर सडक ६ लेनका लागि विस्तार भइरहेकाले सडक विस्तारका लागि प्रयोग हुने निर्माण सामग्री सडकमै थुपारिराखेको हुँदा दुर्घटना भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?