टीभीएसको नयाँ बाइक आरआर–३१० बजारमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
२९ पटक हेरिएको
Shares
टीभीएसको नयाँ बाइक आरआर–३१० बजारमा

सारांश

  • काठमाडौं, फागुन ६ ।
  •   भारतीय बजारमा टीभीएस अपाचीले नयाँ बाइक आरआर–३१० सार्वजनिक गरेको छ।
  • भारतमा २ लाख ५ हजार भारतीय रूपियाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

काठमाडौं, फागुन ६ ।  भारतीय बजारमा टीभीएस अपाचीले नयाँ बाइक आरआर–३१० सार्वजनिक गरेको छ। भारतमा २ लाख ५ हजार भारतीय रूपियाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

आरआर–३१० बाइकको बाहिरी डिजाइन आकर्षक रहेको छ भने यसको पर्फमेन्स पनि दमदार रहेको छ। यो बाइकको अधिकतम स्पीड १ सय ६० किलोमिटर प्रतिघन्टा रहेको कम्पनीको दाबी छ।

६० किलोमिटर प्रतिघन्टाको स्पीड त यसले तीन सेकेन्डभन्दा पनि कम समयमै समात्‍न सक्छ। यस्तो सशक्त परफर्मेन्सका लागि यसमा ३ सय १२ सीसीको इन्जिन प्रयोग भएको छ।

अपाचेको यो नयाँ बाइकले इन्जिनबाट ३३.५ ब्रेक हर्सपावरको अधिकतम शक्ति निकाल्छ। र, यो ६ गियर भएको बाइक हो।

यसमा एन्टिलक ब्रेकिङ सिस्टम हुनुले पनि धेरैको मन लोभ्याउन सक्छ । भारतमा यो बाइक रातो र कालो गरी मुख्य दुई रङमा उपलब्ध छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?