मानव तस्करीको अभियोगमा राजेन्द्र खड्गीमाथि प्रहरी अनुसन्धान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
३६ पटक हेरिएको
Shares
मानव तस्करीको अभियोगमा राजेन्द्र खड्गीमाथि प्रहरी अनुसन्धान

सारांश

  • काठमाडौं, माघ २५ ।
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चर्चित द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीविरुद्ध मानव तस्करीको अभियोगमा अनुसन्धान सुरु गरेको छ।
  • खड्की सबैभन्दा धेरै नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गर्ने निर्देशक हुन्।

काठमाडौं, माघ २५ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चर्चित द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीविरुद्ध मानव तस्करीको अभियोगमा अनुसन्धान सुरु गरेको छ। खड्की सबैभन्दा धेरै नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गर्ने निर्देशक हुन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

खड्गीले दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण कोरिया लाने गरेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार उनले १५ भन्दा बढी व्यक्तिसँग रकम असुलेर कोरिया लगी उतै लुकाएका छन्। उनीविरुद्ध उजुरी परेपछि अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले बतायो।

‘निर्देशक खड्गीविरुद्ध अनुसन्धान हुँदै छ। उनीविरुद्ध मानव तस्कर गरेको अरोप छ। सोहीअनुसार जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरेको हो। उनले मोटो रकम लिएर कोरियामा मान्छे लगेको र उतै लुकाएको उजुरी परेको छ। घटना सम्बन्धमा अनुसन्धान हुँदै छ। वास्तविकता अनुसन्धानपछि खुल्नेछ,’ स्रोत भन्छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bhim Kc

    दलाली पो!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?