अजरवैजान पुर्‍याई ठगी गर्ने साउँद पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १४, २०८०
|
|
१८ पटक हेरिएको
Shares
अजरवैजान पुर्‍याई ठगी गर्ने साउँद पक्राउ

सारांश

  • काठमाडौं ।
  •  अजरवैजान पुर्‍याई ठगी गरेको अभियोगमा टीकापुर नगरपालिका-१ घर भएका कृतक बहादुर साउँदलाई प्रहरीले पक्राउ गरेको छ ।
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले ४० वर्षीय साउँदलाई बुधबार काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको हो ।

काठमाडौं । अजरवैजान पुर्‍याई ठगी गरेको अभियोगमा टीकापुर नगरपालिका-१ घर भएका कृतक बहादुर साउँदलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले ४० वर्षीय साउँदलाई बुधबार काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको हो ।

साउँदले कैलालीको वर्दगोरीया गाउँपालिका-६ का दीनेश बमलाई वैदेशिक रोजगारीका लागि पोर्चुगत पुर्‍याइदिने भन्दै अजरबैजान पुगाएर दुई महिनादेखि अलपत्र पारेको प्रहरीले जनाएको छ । पोर्चुगत पुर्‍याएर मासिक दुई लाख नेपाली रकम हुनेगरी काम लगाइदिने भन्दै उनले बमलाई ललाइफकाइ गरेका थिए ।

उनले बमसँग विभिन्न प्रलोभन पार्दै पटक-पटक गरेर १३ लाख ९२ हजार लगेर अलपत्र पारेको प्रहरीले जनाएको छ । अलपत्र पारी ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।

(Adipex)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?