नेपालकाे दबाबमा नामिबिया: सात विकेट झर्‍याे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
१८ पटक हेरिएको
Shares
नेपालकाे दबाबमा नामिबिया: सात विकेट झर्‍याे

सारांश

  • काठमाडौं, माघ २५ ।
  • आईसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आफ्नो खेलमा घरेलु टोली नामिबियाविरुद्व खेलिरहेको नेपालले सात विकेट लिएको छ ।
  • उसले ताजा स्थितिमा २६ ओभरमा ७ विकेट गुमाएर एक सय १६ रन जोडेको छ ।

काठमाडौं, माघ २५ । आईसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आफ्नो खेलमा घरेलु टोली नामिबियाविरुद्व खेलिरहेको नेपालले सात विकेट लिएको छ ।

उसले ताजा स्थितिमा २६ ओभरमा ७ विकेट गुमाएर एक सय १६ रन जोडेको छ । ८१ रन जोड्दा ६ विकेट गुमाएको नामिबियाले सातौ विकेटका लागि ३५ रनको साझेदारी गरेको थियो। शरद भेषावकरले पछिल्लो विकेट लिएका हुन्।

७५ रन जोड्दा दुई विकेट गुमाएको नामिबिया एकाएक दबाबमा आएको हो ।

सोमपाल कामीले सुरुवाती दुइ विकेट लिएको यो खेलमा सन्दीप लामिछानेले दुई तथा बसन्त रेग्मी र पारस खड्काले एक एक विकेट लिएका छन् ।

सन्दीपले चार ओभरमा एक मेडन राखेर सात रन खर्चिएका छन् । पारसले चार ओभरमा दुइ मेडन राखेर १६ रन खर्चदै एक विकेट हात पारेका छन् । सन्दीपले ४१ रन बनाएका क्रेग कोलिन्ससहित कप्तान बर्गरलाइ पनि आउट गरे ।

नामिबियाले पहिलो १० ओभरमा दुई विकेट गुमाएर ६७ रन बनाएको थियो। नामिबियाका प्रारम्भिक ब्याट्सम्यानद्धय स्टेफान बार्ड १८ र एलपी भान डर वेस्थुजेन एक रनमा आउट भएका थिए ।

नामिबियाले पहिलो विकेटका लागि तीन, दोस्रोको लागि १९ र तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेको थियो ।

बसन्तले तेस्रो विकेट लिएका थिए । नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Tilak Thapa

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?