प्रधानमन्त्रीद्वारा लोहारप्रति श्रद्धाञ्जलि

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २५, २०७४
|
|
२६ पटक हेरिएको
Shares
प्रधानमन्त्रीद्वारा लोहारप्रति श्रद्धाञ्जलि

सारांश

  • ललितपुर, २५ भदौ ।
  • प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका पूर्व केन्द्रीय सदस्य स्व प्रतापराम लोहारप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
  • काँग्रेस केन्द्रीय कार्यालय प्रांगणमा राखिएको लोहारको पार्थिव शरीरमा आज प्रधानमन्त्री देउवाले पार्टीको झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।

ललितपुर, २५ भदौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका पूर्व केन्द्रीय सदस्य स्व प्रतापराम लोहारप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

काँग्रेस केन्द्रीय कार्यालय प्रांगणमा राखिएको लोहारको पार्थिव शरीरमा आज प्रधानमन्त्री देउवाले पार्टीको झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।
प्रधानमन्त्रीले दलित आन्दोलनका अथक योद्धा एवं समाजसेवी लोहारको निधनले आफूलाई अत्यन्त मर्माहत र दुःखी बनाएको तथा काँग्रेसको संगठन एवं समग्र दलित आन्दोलनमा अपूरणीय क्षति पुगेको विज्ञप्तिमार्फत बताउनुभएको ।

काँग्रेसको संगठन, लोकतन्त्रको सुदृढीकरण र दलित उत्थानमा उहाँले पु¥याउनुभएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने बताउँदै शोकसन्तप्त परिवारमा पार्टी र आफ्नातर्पmबाट समवेदना प्रकट गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

लोहारप्रति काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, नेता अर्जुननरसिंह केसी, जीवन परियारलगायतले श्रद्धाञ्जलि प्रकट गर्नुभएको थियो । लोहारको ७४ वर्षका उमेरमा यही भदौ २३ गते उपचारका क्रममा सुमेरु अस्पताल ललितपुरमा निधन भएको थियो । लोहारका एक श्रीमती, एक छोरा र चार छोरी हुनुहुन्छ । लोहारको दाहसंस्कार आजै पशुपति आर्यघाटमा गरिने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भृकुटीमण्डपमा सुरु भयो ‘दशैंको बेला सस्तो मेला’
भृकुटीमण्डपमा सुरु भयो ‘दशैंको बेला सस्तो मेला’
Breaking : सिनामंगलमा भयानक दुर्घटना, एकको घटनास्थलमै मृत्यु
Breaking : सिनामंगलमा भयानक दुर्घटना, एकको घटनास्थलमै मृत्यु
सिसी क्यामेरालाई चुनौती दिने प्रविधि
सिसी क्यामेरालाई चुनौती दिने प्रविधि
शसस्त्र प्रहरीकाे नाममा रिसोर्टमा लुटपाट!
शसस्त्र प्रहरीकाे नाममा रिसोर्टमा लुटपाट!
नेकपा विभाजनले सुदुरपश्चिम प्रदेश सरकार संकटमा, ओली समूहका मन्त्री बर्खास्त
नेकपा विभाजनले सुदुरपश्चिम प्रदेश सरकार संकटमा, ओली समूहका मन्त्री बर्खास्त
धौलागिरि अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा
धौलागिरि अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा
माछाको उचित बजार व्यवस्था नगरे आमरण अनशनदेखि आत्महत्या गर्ने व्यवसायी पाण्डेको भनाई
माछाको उचित बजार व्यवस्था नगरे आमरण अनशनदेखि आत्महत्या गर्ने व्यवसायी पाण्डेको भनाई
देउवाको स्पष्टीकरण : ओलीसँग सम्झौता गरेको छैन्, अब सशक्त आन्दोलन सुरु
देउवाको स्पष्टीकरण : ओलीसँग सम्झौता गरेको छैन्, अब सशक्त आन्दोलन सुरु
सिञ्जाको धार्मिक तथा पर्यटकीयस्थल केदारनाथ ओझेलमा
सिञ्जाको धार्मिक तथा पर्यटकीयस्थल केदारनाथ ओझेलमा
प्रचण्डसँग हतियार खरिद गर्न जाँदा…
प्रचण्डसँग हतियार खरिद गर्न जाँदा…

तपाईंले छुटाउनुभयो कि?