नामिबियाद्धारा नेपालसामु १३९ रनको लक्ष्य प्रस्तुत, सन्दिपले लिए चार विकेट
सारांश
- काठमाडौं, माघ २५ ।
- आईसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नामिबियाबाट एक सय ३९ रनको लक्ष्य पाएको छ ।
- टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले ३२ ओभर दुइ बलमा सबै विकेट गुमाएर एक सय ३८ रनमा समेटियो ।
काठमाडौं, माघ २५ । आईसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नामिबियाबाट एक सय ३९ रनको लक्ष्य पाएको छ ।
टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले ३२ ओभर दुइ बलमा सबै विकेट गुमाएर एक सय ३८ रनमा समेटियो ।
नामिबियालाई सस्तोमा समेट्न स्पिनर सन्दिप लामिछानेले चार तथा साेमपाल कामीले तीन विकेट लिए। शरद भेषावकर, बसन्त रेग्मी र पारस खड्काले एक एक विकेट हात पारे।
नामिबियाका क्रेग कोलिन्स ४१ तथा जेन ग्रिन र जान फ्रिलिन्कले २२/२२ रन बनाए। स्टेफान बार्डले १८ र जेजे स्मिथले रन बनाए ।
सन्दिपले आठ ओभर दुइ बलमा दुई मेडन राखेर १८ रन खर्चिए । सोमपालले सात ओभरमा एक मेडन राखेर ३५ रन दिए। पारसले चार ओभरमा दुई मेडन राखेर १६ रन दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया