मानव तस्करीको आरोपमा कलाकार खड्गी पक्राउ
सारांश
- काठमाडौं, २५ माघ ।
- मानव तस्करी गरेको आरोपमा कलाकार राजेन्द्र खड्गी पक्राउ परेका छन् ।
- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले खड्गीलाइ पक्राउ गरेको हो ।
काठमाडौं, २५ माघ । मानव तस्करी गरेको आरोपमा कलाकार राजेन्द्र खड्गी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले खड्गीलाइ पक्राउ गरेको हो ।
कलाकार खड्गीले कलाकारको नाममा मानिसहरुलाई दक्षिण कोरिया लगेर छाडेको आरोप लगाइएको छ । उनलाई पक्राउ गरिएको सीआइबीका प्रमुख पुष्कर कार्कीले जानकारी दिए ।
नृत्य कलाकारको नाममा ११ जनालाई दक्षिण कोरिया लगेर छाडेको आरोप उनलाई लगाइएको छ । डीआइजी कार्कीले १ जनाबाट १० देखि १५ लाख रुपैयाँसम्म लिएको खुलेको जानकारी दिए । यद्यपि उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया