निर्मला हत्या प्रकरण : डिएनए नमिले विशेष अनुसन्धान टोली गठन
सारांश
- काठमाडौं २४ मंसिर ।
- कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका आरोपीको डिएनए पनि म्याच नभए सरकारले विशेष अनुसन्धान टोली गठन गर्ने भएको छ ।
- संगठित अपराध ऐनमा रहेको प्रावधानअनुसार स्वतन्त्र विशेषज्ञहरुसमेत राखेर यस्तो अनुसन्धान टोली गठन गर्नेबारे गृह मन्त्रालयले छलफल गरिरहेको छ ।
काठमाडौं २४ मंसिर । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका आरोपीको डिएनए पनि म्याच नभए सरकारले विशेष अनुसन्धान टोली गठन गर्ने भएको छ ।
संगठित अपराध ऐनमा रहेको प्रावधानअनुसार स्वतन्त्र विशेषज्ञहरुसमेत राखेर यस्तो अनुसन्धान टोली गठन गर्नेबारे गृह मन्त्रालयले छलफल गरिरहेको छ ।
अहिले प्रहरीले भीमदत्तनगर १८ का प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सोधपुछका क्रममा उनीहरुले अपराध स्वीकार गरेका छन्, तर उनीहरुका कतिपय कुरा नमिल्दो रहेको प्रहरीले जनाएको छ । विगतमा अभियुक्त भनेर पक्राउ गरिएका दिलीपसिंह विष्टले पनि सुरुमा अपराध स्वीकार गरे पनि डिएनए नमिलेपछि छाडिएको थियो । नयाँ पत्रिका
(Ativan)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया