कांग्रेस सभापति विरुद्धको रिटमा भएन अन्तरिम आदेश

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २५, २०७९
|
|
३४ पटक हेरिएको
Shares
कांग्रेस सभापति विरुद्धको रिटमा भएन अन्तरिम आदेश

सारांश

  • काठमाडौँ ।
  • सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा दिने निर्णय खारेजीको माग गर्दै दायर गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
  • न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले आज लिखित जवाफ माग गर्ने र दुवै पक्षलाई छलफलमा बोलाएर निष्कर्षमा पुग्ने उल्लेख गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा दिने निर्णय खारेजीको माग गर्दै दायर गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले आज लिखित जवाफ माग गर्ने र दुवै पक्षलाई छलफलमा बोलाएर निष्कर्षमा पुग्ने उल्लेख गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अधिवक्ता विमल पोखरेलले यही माघ २४ गते दायर गर्नुभएको रिट निवेदनमा सङ्घीय संसद् सचिवालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको सुविधा दिने निर्णय खारेज गर्नुपर्ने माग गरिएको छ ।

सर्वोच्च प्रशासनले सुरुमा रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको (दरपीठ)गरेको थियो । उक्त दरपीठ गर्ने अदालत प्रशासनको निर्णय विरुद्ध अधिवक्ता पोखरेलले न्यायाधीश सपना प्रधान मल्लको इजलासमा मङ्गलबार निवेदन दिएका थिए उक्त इजलासले दर्ता गर्न आदेश दिएपछि रिट निवेदन दर्ता भएको थियो । कांग्रेस सभापति देउवालाई प्रमुख प्रतिपक्षी दलको सुविधा दिने विषयमा संसद् सचिवलायले गरेको निर्णयका बारेमा न्यायिक पुनरावलोकन गर्नुपर्ने र सरकारलाई सर्मथन दिएको दल प्रमुख प्रतिपक्षी हुन नसक्ने रिट निवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी मुख्यसचिवका छोरा न्यानो लिएर मुसहर, डुम र चमार बस्तीमा
माओवादी मुख्यसचिवका छोरा न्यानो लिएर मुसहर, डुम र चमार बस्तीमा
काभ्रेपलाञ्चोकमा थप एक सङ्क्रमितको मृत्यु
फिफा विश्वकप २०२२: मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा प्रवेश
फिफा विश्वकप २०२२: मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा प्रवेश
नदीमा हामफाल्ने आमाको उद्धार, छोराछोरीको मृत्यु
नदीमा हामफाल्ने आमाको उद्धार, छोराछोरीको मृत्यु
कास्कीमा १९ राजनीतिक दल र १०० उम्मेदवार चुनावी मैदानमा
कास्कीमा १९ राजनीतिक दल र १०० उम्मेदवार चुनावी मैदानमा
बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : अध्यक्ष ओली
बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : अध्यक्ष ओली
नेपाल–भारतसम्बन्ध प्रबुद्ध समूह (इपिजी)को सातौँ बैठक शुरु
नेपाल–भारतसम्बन्ध प्रबुद्ध समूह (इपिजी)को सातौँ बैठक शुरु
मुद्दा स्थगित गर्ने परम्परा घटाउनुपर्छ : कामु प्रधानन्यायाधीश जोशी
मुद्दा स्थगित गर्ने परम्परा घटाउनुपर्छ : कामु प्रधानन्यायाधीश जोशी
प्रदेशमा मुख्यमन्त्री दाबेदारहरूको दौडधुप
प्रदेशमा मुख्यमन्त्री दाबेदारहरूको दौडधुप
टानको सचिवमा दामोदर ढकालको उम्मेदवारी, व्यवसाय र व्यवसायीको हितमा काम गर्ने एजेण्डा
टानको सचिवमा दामोदर ढकालको उम्मेदवारी, व्यवसाय र व्यवसायीको हितमा काम गर्ने एजेण्डा

तपाईंले छुटाउनुभयो कि?