काठमाडौंका सडक विस्तार तीव्र रुपमा अघि बढाउने सरकारको तयारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १, २०७३
|
|
११४ पटक हेरिएको
Shares
काठमाडौंका सडक विस्तार तीव्र रुपमा अघि बढाउने सरकारको तयारी

सारांश

  • काठमाडौं : उपत्यकाभित्रका सडक विस्तारलाई सरकारले तीव्र रूपमा अघि बढाउने तयारी गरेको छ ।
  • उपत्यका विकास प्राधिकरण र सडक विस्तार आयोजनाले विस्तार भइरहेका र हुन बाँकी सडकलाई चौडा बनाउने तयारी गरेका हुन् ।
  • प्राधिकरणका अनुसार पहिलो चरणमा सडक अतिक्रमित भौतिक संरचना हटाइनेछ ।

काठमाडौं : उपत्यकाभित्रका सडक विस्तारलाई सरकारले तीव्र रूपमा अघि बढाउने तयारी गरेको छ । उपत्यका विकास प्राधिकरण र सडक विस्तार आयोजनाले विस्तार भइरहेका र हुन बाँकी सडकलाई चौडा बनाउने तयारी गरेका हुन् । प्राधिकरणका अनुसार पहिलो चरणमा सडक अतिक्रमित भौतिक संरचना हटाइनेछ ।

मापदण्डभित्र परेकालाई मात्र क्षतिपूर्ति दिइने: विस्तार आयोजना

काठमाडौं जिल्ला विकास प्राधिकरणका आयुक्त रामप्रसाद श्रेष्ठका अनुसार नगरपालिका र नगरोन्मुख गाविसका सडक चौडा बनाइनेछ । ‘केही सडक विस्तारका लागि चिनो लगाइसकेका छौं,’ उनले भने, ‘मापदण्डभित्र निर्माण नभएका भौतिक संरचना क्षतिपूर्ति दिएर नियमअनुसार भत्काएर विस्तार गर्छौं, तर मापदण्डविपरीत सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएकालाई भने क्षतिपूर्ति दिइन्न ।’

चाबहिल–जोरपाटी साँखु (१२ किमि), जोरपाटी सुन्दरीजल (६ किमि),  नयाँबजार पुलदेखि चक्रपथ हुँदै दुवैतर्फ (२ किमि) सडक विस्तार गरिनेछ । त्रिपुरेश्वर–कलंकी–नागढुंगा (१२ किमि), लगनखेल–सातदोबाटो (८ सय मिटर) कर्मनासा–हरिसिद्धि (४ किमि) सडक विस्तार गरिनेछ ।

आयोजनाका अनुसार अधिकांश सडकको चौडाइ २२ मिटर छ । आयोजनाका इन्जिनियर शैलेन्द्र शर्माका अनुसार १५ भन्दा बढी सडक विस्तार गरिनेछ । ‘केही सडकमा समस्या छन् । ढिलोचाँडो विस्तार गर्नैपर्छ,’ उनले भने, ‘विस्तार गरी सडक व्यवस्थित गर्नैपर्छ, त्यसअनुसार आयोजनाले काम तिव्ररुपमा अघि बढाएको छ ।’

त्यसमध्ये त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक विस्तारलाई आयोजनाले पहिलो प्राथमिकतामा राखेको छ । ‘उपत्यका प्रवेश गर्ने प्रमुख नाका यसलाई रातदिन काम गरेर पनि चौडा गर्नुपर्छ,’ उनले भने, ‘त्यसैअनुसार काम पनि भइरहेको छ ।
विस्तार गर्दा सडककिनारका करिब १५ सय बढी घर हटाउनु पर्नेछ ।
चाबहिल–साँखु सडकमा पनि करिब ३ सय घर तथा भौतिक संरचना भत्काउनुपर्ने आयोजनाले जनाएको छ । घर भत्काउँदा स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गरेका छन् । सुन्दरीजलका रमेश सिंखडाले क्षतिपूर्ति नदिई सडक विस्तार गरे अधिकांश व्यक्ति सुकुम्बासी हुने बताए । ‘वर्षौंदेखि त्यही घरका भरमा बाँचेका छन्,’ उनले भने, ‘जनतालाई सडकको बास बनाएर विस्तार गरेको सडकको औचित्य हुँदैन, त्यसकारण उचित क्षतिपूर्ति दिएर विस्तार गर्नुपर्छ ।’
सरकारले २०६० देखि उपत्यकाको सडक विस्तार अघि बढाएको थियो । १३ वर्षमा करिब १ सय ७५ किमि सडक विस्तार भइसकेको आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर शर्माका अनुसार कृष्ण पाउरोटी–महेन्द्र सालिक सडक पनि विस्तार गरिने बताए । 
‘प्राधिकरणले चिनो लगाउँछ, भत्काउनुपर्ने संरचना भत्काउँछ, त्यसपछि हामीले कालोपत्रे गर्छौं,’ उनले भने, ‘उपत्यकाका अधिकांश सडक विस्तार गर्दै छौं, त्यसअनुसार काम पनि भइरहेको छ ।’ काठमाडौं जिल्ला विकास प्राधिकरणका प्रमुख रामप्रसाद श्रेष्ठले मापदण्डविपरीत बनेको भौतिक संरचनालाई तिहारलगत्तै चिनो लगाएर भत्काइने बताए । 

श्रोत : दीपेन्द्र बिस्ट
तस्बिर : समीप गौतम
शिखरन्युज

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुखमाथि लक्ष्मणलाल कर्ण खनिनुको कारण यस्तो छ
सभामुखमाथि लक्ष्मणलाल कर्ण खनिनुको कारण यस्तो छ
बिमस्टेक: भीभीआईपीको हरेक गाडीसँग एउटा एम्बुलेन्स
बिमस्टेक: भीभीआईपीको हरेक गाडीसँग एउटा एम्बुलेन्स
प्रधानमन्त्री ओलीको प्रस्ताव प्रचण्डले मानेनन्
प्रधानमन्त्री ओलीको प्रस्ताव प्रचण्डले मानेनन्
जिल्ला अस्पतालमा खानेपानीको अभाव
जिल्ला अस्पतालमा खानेपानीको अभाव
रवि लामिछानेकाे बयान आज
रवि लामिछानेकाे बयान आज
खानेपानी समस्याले छोरी नदिने गाउँमा एक घर एक धारा
खानेपानी समस्याले छोरी नदिने गाउँमा एक घर एक धारा
युरोपेली सङ्घको टोलीद्वारा चिलिमे—त्रिशूली प्रसारण आयोजना निरीक्षण
युरोपेली सङ्घको टोलीद्वारा चिलिमे—त्रिशूली प्रसारण आयोजना निरीक्षण
तनहुँमा एक वर्षमा चार सय ३७ अपराधका उजुरी दर्ता
तनहुँमा एक वर्षमा चार सय ३७ अपराधका उजुरी दर्ता
झ्याप्ले खोलाको पहिरोमा आमासँगै अस्ताए जुम्ल्याहा दाजुबहिनी, अन्तर्राष्ट्रिय सम्मेलनको यात्रा अधुरै
झ्याप्ले खोलाको पहिरोमा आमासँगै अस्ताए जुम्ल्याहा दाजुबहिनी, अन्तर्राष्ट्रिय सम्मेलनको यात्रा अधुरै
दाजुभाइले फरक-फरक शैलीमा गरे पिताकाे काजकिरिया, मन्त्री सहभागि भएकाे घरमा गएनन् स्थानिय !
दाजुभाइले फरक-फरक शैलीमा गरे पिताकाे काजकिरिया, मन्त्री सहभागि भएकाे घरमा गएनन् स्थानिय !

तपाईंले छुटाउनुभयो कि?