प्रदेश ७ मा शुरु भए मन्त्रालय

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २९, २०७४
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २९ माघ – प्रदेश ७ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित चार मन्त्रालय सञ्चालनमा आएका छन् ।
  • आइतबारसम्म आन्तरिक मामिला र कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कामकाज सुरु गरेका छन् ।
  • नयाँ पत्रिका दैनिकमा खबर छ ।

काठमाडौं, २९ माघ – प्रदेश ७ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित चार मन्त्रालय सञ्चालनमा आएका छन् । आइतबारसम्म आन्तरिक मामिला र कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कामकाज सुरु गरेका छन् ।नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रदेशका अन्य तीन मन्त्रालय सञ्चालनमा आउन सकेका छैनन् । संघीय सरकारले खटाएका कर्मचारी नआएका कारण सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय सञ्चालनमा आउन नसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलका सचिव प्रदीपराज कँडेलले बताए ।

सञ्चालनमा आएका चारै मन्त्रालयले प्रशासनिक कामकाज सुरु गरिसकेका छन् । यद्यपि, कार्यक्षेत्र स्पष्ट नभएकाले कर्मचारी भने अन्योल देखिन्छन् ।

सरकारले प्रदेश ७ का मन्त्रालय, संसद् सचिवालय र प्रदेश प्रमुखको कार्यालयका लागि दुई सय ८७ कर्मचारीको अन्तरिम दरबन्दी स्वीकृत गरेको थियो । जसमध्ये एक सय पाँच कर्मचारी खटाइएकोमा ३४ जना कर्मचारी मात्रै सम्पर्कमा आएको सचिव कँडेलले बताए ।

अहिले प्रदेश प्रमुखको कार्यालयमा १०, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नौ, संसद् सचिवालयमा चार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा तीन, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा दुई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा एक कर्मचारी हाजिर भएका छन् ।

कर्मचारी नआउँदा मन्त्रालय सञ्चालमा समस्या
यो प्रदेशका सामाजिक विकास, भौतिक पूर्वाधार र आर्थिक मामिला तथा योजना मन्त्रालय सञ्चालनमा आउन सकेका छैनन् । संघीय सरकारले खटाएका कर्मचारी सम्पर्कमा नआउँदा मन्त्रालय सञ्चालनमा ल्याउन नसकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रदीपराज कँडेलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मच्छिन्द्रनाथको रथ तान्न खोज्दा प्रहरी र स्थानीयबीच झडप
मच्छिन्द्रनाथको रथ तान्न खोज्दा प्रहरी र स्थानीयबीच झडप
मोदी सिधै जनकपुर आएर, मुक्तिनाथसम्म पुग्ने- यस्तो छ तालिका
मोदी सिधै जनकपुर आएर, मुक्तिनाथसम्म पुग्ने- यस्तो छ तालिका
बल्ल शुरु भयो घरदैलो : कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली
बल्ल शुरु भयो घरदैलो : कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली
दुवईमा एक नेपालीलाई ५ वर्ष जेल सुनाइयो
दुवईमा एक नेपालीलाई ५ वर्ष जेल सुनाइयो
दश लाख भन्दा बढीले हेरे बद्री पङ्गेनिको सहि पनि एमाले “मै” पनि एमाले
दश लाख भन्दा बढीले हेरे बद्री पङ्गेनिको सहि पनि एमाले “मै” पनि एमाले
जाजरकोटलाई गौरव गर्न लायक जिल्ला बनाइने
जाजरकोटलाई गौरव गर्न लायक जिल्ला बनाइने
धेरै छावा जन्माउने पूजाकलीको असामयिक मृत्यु
धेरै छावा जन्माउने पूजाकलीको असामयिक मृत्यु
रवि लामिछानेको मुद्दामा २ न्यायाधीशको मत बाझियो, अब के हुन्छ?
रवि लामिछानेको मुद्दामा २ न्यायाधीशको मत बाझियो, अब के हुन्छ?
काठमाडौं र भरतपुर महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना सुरु हुने
काठमाडौं र भरतपुर महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना सुरु हुने
विद्यार्थीबाट १६ करोड उठाएर झ्वाम पार्ने इन्जिनियरिङ कलेजको यस्तो छ खेल !
विद्यार्थीबाट १६ करोड उठाएर झ्वाम पार्ने इन्जिनियरिङ कलेजको यस्तो छ खेल !

तपाईंले छुटाउनुभयो कि?